प्रचण्डको गर्जन इतिहासका भिलेनहरुलाई फेरी मुकुट पहिराउन खोजियो (भिडियो सहित)

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजसंस्था फर्काउन लागेकाहरुको दुश्साहस आफूहरुका लागि चुनौतीपूर्ण रहेको बताएका छन्। उनले त्यसतर्फ पनि सजग हुनुपर्ने पनि बताएका छन्।

वामपन्थी नेता वामदेव क्षेत्रीद्वारा लिखित ‘नेपालको अर्थ राजनीतिः सम्भावना र चुनौती’ पुस्तकको शनिबार राजधानीमा लोकार्पण गर्दै प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संघीयता विरोधी अभियानमा लागेको आरोप लगाएका छन्।

अतिवादलाई प्रोत्साहित गर्ने र परिर्वतनलाई कमजोर पार्ने डिजाइनमा काम भइरहेको दावी प्रचण्डले प्राप्त उपलब्धिलाई संरक्षण गर्नुभन्दा प्रहार गर्ने तत्व बढ्दै गएको दावी गरे। उनले परिर्वतनकामी कम्युनिष्टहरुबीच अझै गम्भीर ढंगले एकता गर्नुपर्ने आवश्यकता औल्याएका छन्।

प्रचण्डले कांग्रेस ऐतिहासिक परिर्वतनलाई भत्काउन लागि परेको बताएका हुन्। राजनीतिक परिर्वतनलाई संस्थागत गर्दै जाँदा केही अप्ठ्याराहरु आउनु स्वाभाविक भएको स्वीकार्दै प्रचण्डले त्यसैलाई बहाना बनाएर कांग्रेस संघीयता विरोधी बाटोमा हिँडेको दावी गरेका छन्।

हेर्नुहोस भिडियो सहित

शनि, मंसिर १५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस