ढकालले गरे जन्मदिनको खर्च कटाएर बुवा आमाको नाममा विद्यालयमा अक्षयकोष निर्माण

काठमाडौँ,१६ मङ्सिर । पछिल्लो समयमा हजारौँ रकम खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेका बेला प्रवासी नेपाली मंच युएईका महासचिव भेषराज ढकालले आफ्नो जन्मदिनको खर्चले बुबा -आमाको नाममा बिद्यालयमा अक्षयकोष निर्माण गरेका छन् ।

तनहुँ जिल्ला भिमाद नगरपालिका वार्ड नम्बर ८ मा रहेको श्री हिमालय माध्यामिक बिध्यालयमा बुवा दिननाथ ढकाल र स्वर्गिय आमा झनु मायाँ ढकालको नाममा उनले गरीव जेहन्दार बिधार्थीको लागी पचास हजारको रुपैयाको अक्षयकोष निर्माण गरेको हुन् ।

हरेक बर्षको मंसीर १५ मा आफ्नो जन्मदिन मनाउदै आएका ढकालले आफ्नो ३७ औ जन्मदिनलाई फजुल खर्चमा नहाली केहि सिर्जनात्मक काममा लगानी गरौ भन्ने उदेश्यले आफुले प्राथमिक तहको ज्ञान हासिल गरेको बिद्यालयलाई सहयोग गरेको बताएका छन् ।

सोहि स्कुल र गुरुहरुको कारण आज आफुले सफलता हासिल गरेकै कारण भोलिका देशका कर्णधार बालबालिकाको शिक्षा दिक्षामा थप सहयोग होस् भन्ने हेतुले आफुले सहयोग गरेको बताउदै यो बर्ष पचास हजारबाट शुरु भएको अक्षयकोष आगामी बर्ष थप गर्ने पनि उनले जनाएका छन् ।

आइत, मंसिर १६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस