निर्मलालाई न्यायका निम्ति राष्ट्रपति कार्यालय अघि प्रदर्शन गर्दा जे देखियो…..

मङ्सिर २० काठमाडौं । चार महिनाअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको न्यायका लागि भन्दै प्रदर्शन गर्ने युवाहरु पक्राउ परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निवास शीतल निवासअगाडि प्रदर्शन गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।शितल निवास अगाडिको सडकमा प्लेकार्ड सहित प्रदर्शन गर्न १५ जनाजति युवा भेला भएका थिए । अधिकांश प्रदर्शनकारीलाई प्रहरीले समातेर लगेको छ । प्रदर्शनकारीहरुले निधारमा ‘म निर्मला’ लेखेका थिए भने प्लेकार्ड पनि बोकेका थिए ।

 

बिहि, मंसिर २०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस