हरी सुनार चिन्तन र शान्तीश्रीको ठेट बाग्लुङको पन्चेबाजा गीतमा करिष्मा ढकालको दमदार नृत्य (भिडियो सहित)

गायक तथा सर्जक हरि सुनार चिन्तनको नौमती पञ्चेबाजाको गीत संगै नाचौ आज सार्वजनिक भएको छ ।

गायिका शान्तिश्री परियार र हरि सुनार चिन्तनको संयुक्त आवाज रहेको गीतमा लय शव्द पनि गायक चिन्तनकै रहेको छ ।

नेपालीहरुको मौलिक सस्कृति झल्काउने नौमती पञ्चेबाजाको गीतमा आफ्नो जन्मथलो गल्कोटलाई सम्झना गर्दै रचना गरेका छन् ।

पन्चेबाजामा पछिल्लो समयकी चर्चित मोडल करिष्मा ढकाल र चिन्तनले कम्मर मर्काएका छन् ।

प्रकाश भट्टले निर्देशन गरेको भिडियोलाई गायकले आफ्नै यु ट्युव च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

भिडियो सहित हेर्नुहोस्

बुध, मंसिर २६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस