बर्षका उत्कृष्ट गायक गायिका देबी र खुमन नायिका नायिका करिष्मा र शंकर, कसले के जिते (सुचीसहित)

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल उपत्यका समन्वय समिती काठमाडौंको आयोजनामा ‘पृथ्वी राष्ट्रिय लोक दोहोरी अवार्ड’ सम्पन्न भएको छ ।

बर्षको उत्कृष्ट गायक गायिका खुमन अधिकारी र देबि घर्तीले त्यसैगरी बर्षको उत्कृष्ट नायक नायिकाको रुपमा अन्जली अधिकारी र शंकर बिसीले अवार्ड चुम्न सफल भएका छन् ।

बर्षकै उत्कृष्ट गायक गायिकाको अवार्ड खुमन अधिकारीले ले ‘नभनन नाईं नाईं’ बोलको गीतबाट अवार्ड चुमे भने देवी घर्तीले खोलीको किनारा गीतबाट अवार्ड चुमेकी हुन् ।

त्यसैगरी बरिष्ठ गायक अमर बिरही गुरुङलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड बरिष्ठ गायक इन्द्र जिसीलाई दशकका श्रष्टा सम्मान र माया गुरुङ्गलाई सदाबहार लोकगीत सम्मान गरीएको थियो ।

कसले कुन अवार्ड पाए त ?

लाईफ टाईम अचिपमेन्ट अवार्ड: अमर बिरही गुरुङ्ग
सदाबहार लोकगीत सम्मान : माया गुरुङ्ग (गाउँ शहरमा)
दशकका श्रष्टा सम्मान: ईन्द्र जिसी
लोक पत्रकारिता सम्मान: नरहरी न्यौपाने
म्युजिक भिडियो मेकअप सम्मान: आङ्ग दोर्जे शेर्पा
म्युजिक भिडियो कोरस सम्मान: देवराज सापकोटा
पब्लिक च्वाईस अवार्ड: रश्मि तामाङ्ग
जुरि निर्णाक अवार्ड: महेन्द्र गौतम
सर्वोत्कृष्ट राष्ट्रियभाव गीत: तराई पहाड (कला लम्साल)

एल्बम: छिन छिन बज्ने चुरा (सम्झना भण्डारी)
परम्परागत गीत: यानीमाया (तिर्सना घर्ति)
लोक गीत: ज्याक्दी रयाले (राजु गुरुङ्ग)
लोक दोहोरी शब्द: रबिन लामिछाने
लोक दोहोरी लय: नरेश खाती

लोक दोहोरी गायक: खुमन अधिकारी
लोक दोहोरी गायिका: देवी घर्ती
लोक दोहोरी नव गायक: खेम सेन्चुरी
लोक दोहोरी नव गायिका: भिमु गुरुङ्ग
लोक दोहोरी भिडियो निर्देशक: मौसम हिमाली

लोक दोहोरी नायक (अभिनय): प्रेम थापा
लोक दोहोरी नायिका (अभिनय): सारिका के.सी
लोक दोहोरी नायक(नृत्य): शंकर बि.सी
लोक दोहोरी नायिका(नृत्य): करिष्मा ढकाल
लोक दोहोरी भिडियो छायांकन: करन चैसीर
लोक दोहोरी भिडियो सम्पादन: प्रविन भट्ट
लोक दोहोरी रेकर्डिष्ट: सुमन राना
लोक दोहोरी ध्वनि मिक्सिङ्ग: सञ्जय श्रीपाल
लोक दोहोरी संगीत संयोजन: कृष्ण बि.क

दोहोरी सांझ गायक: मदन परियार
दोहोरी सांझ गायिका: रञ्जिता थापा
दोहोरी सांझ बाद्दबादक: प्रीतम थापा
लोक दोहोरी प्रतियोगी गायक: अर्जुन खड्का
लोक दोहोरी प्रतियोगी गायिका: डिला बि.क
SMS च्वाईस अवार्ड: दुर्गा पौडेल

अवार्ड जितेपछि खुमन अधिकारी र देवी घर्तीसंग हाम्रो कुराकानी

सोम, पुस २, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस