सिर्जनाको हौसलाले पहारीले सांसदबाट आएको तलब सबै समाज सेवामा, यस्तो छ यो जोडीको कथा (भिडियो)

राजीव पहरी युवासंघ नेपालका पूर्व अध्यक्ष तथा हाल प्रदेश सांसद हुनुहुन्छ । राष्ट्रियता र जनजीविकाको सन्दर्भमा निकै खरो अभिव्यक्ति दिएर राष्ट्रिय राजनीतिमा एक चर्चित युवा नेताको छवी बनाउनु भएका पहारी हाल पोखराको फेवाताल अतिक्रमण बिरुद्ध कडा शैलीमा प्रस्तुत हुदै फेवाताल पुरानै स्वरुपमा फर्काउने अभियानको नेतृत्व गरीरहनु भएको छ ।

राष्ट्रिय नेताकै रुपमा उदाउनु भएका कारण धेरैले उहाको ब्याक्तिगत जीवनका ब्याक्तिगत पाटाहरुको बारेमा जान्न सकुन भन्ने हेतुले हामीले उहाको नितान्त ब्यातिगत जीवनसंग सम्बन्धित रहेर उहाको जोडी राजीव पहरी र उहाकी धर्मपत्नी सिर्जना पण्डित पहरीसंग जीवनका अनेक भोगाई आरोह अवरोह साथ सहयोग सफलताका केहि रोचक प्रसंगहरु जस्ताको तस्तै उतार्ने प्रयास गरेका छौ ।

आज भन्दा १६ बर्ष अगाडी हालका पर्यटन मन्त्री रबिन्द्र अधिकारीले जुराएको जोडी हो राजीव पहारी र सिर्जना पण्डित पहारीको सुन्दर जोडी । बिबाह भन्दा अघि देखिनै दुवै जना राजनीतिक पृष्ठभूमिमा हुर्केका र लामोसम्मको आत्मियता र परिचित सम्बन्धलाई लमीको भूमिका खेलेर बिबाहको चाँजोपाँजो रबिन्द्र अधिकारीलेनै मिलाएका थिए ।

बैबाहिक जिबनपछि दुवैजना फरक फरक पृष्ठभूमिमा रहेर काम गरिरहेका छन । सिर्जना पण्डित पहारी नर्सिंगमा एम एन गर्दै चरक एकेडेमी पोखराको प्रिन्सिपल हुनुहुन्छ भने राजीव पहारी राजनीति मार्फत देसको सेवामा तल्लिन छन् । एउटा राजनीतिज्ञ र नर्सको घर कसरी ब्यबस्थापन भईरहेको छ, बैबाहिक प्रशंग, जिन्दगीका रमाईला अफ्ठ्यारा क्षणहरुको वरिपरी रहेर सुनौलो नेपालले गरेको अन्तरंग कुराकानी..

बिहि, पुस १२, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस