प्रधानमन्त्रीले धरहराको शिलान्यास गर्दा जे देखियो (फोटोफिचर)

१२ पौष , काठमाडौँ, २०७२ वैशाखमा आएको गोरखा भूकम्पका कारण क्षतिग्रस्त भएको धरहराको बाँकी भागलाई भूकम्प स्मारकको रूपमा संरक्षण गर्दै सोही परिसरमा नयाँ धरहरा ठड्याउने कार्यको सिलान्यास भएको छ ।

काठमाडौँको सान र गौरवको रूपमा ठडिँदै आएको धरहराको सम्झनामा पहिलेकै स्वरूप तर अत्याधुनिक प्रविधिले युक्त नवधरहराको निर्माण गर्न लागिएको हो । नयाँ बन्ने धरहरा राजधानी प्रमुख स्मारक हुनेछ ।धरहरासँग काठमाडौंवासीको मात्र होइन धेरै नेपालीको भवना जोडिएकोले अब बन्ने धरहरा पूर्णरूपमा नेपालीहरूकै लगानीमा बनाउने निर्णय सरकारले गरेको छ । त्यसका लागि सरकारले ‘म बनाउँछु मेरो धरहरा’ अभियान शुरु गरिसकेको छ । यस अभियान अन्तर्गत हालसम्म करिब २४ करोड रुपियाँ कोषमा जम्मा भएको प्राधिकरणले जनाएको छ । काम पूर्णरूपमा शुरु भएपछि यो अभियानलाई थप तीव्र बनाउने प्राधिकरणको योजना छ ।

फोटो सुनौलोनेपाल/ मोहोराज शर्मा

 

 

 

 

 

 

बिहि, पुस १२, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस