बिभाजनको संघारमा पुग्यो सिंह नेतृत्वको नेकपा मसाल !

पुष १२ काठमाडौ, मोहनबिक्रम सिंह नेतृत्वको नेकपा (मसाल) को आसन्न आठौं महाधिवेशनको लागि मसाल भित्र केन्द्रीय समितिका बहुमत र अल्पमत पक्षका छुट्टाछुट्टै दातावेजहरु आएका छन। नेकपा(मसाल) को इतिहासमा पार्टीमा फरक मत राख्नेहरुले पार्टी फुटाएर जाने गरेको अवस्थामा अहिले पनि नेतृत्व माथी आक्रमण गरेर पार्टी फुटाउने दाउमा अल्पमत पक्ष रहेको आफुलाई कमानसिङ बताउने नेकपा(मसाल) का एक केन्द्रीय सदस्यले हामी लाई बताएका छन। केही दिन अगाडि हामीसङ्गको भेटमा नेता कमानसिङले हामीलाई उक्त कुरा वताएका थिए ।

पार्टीमा मतभेदहरु हुनु स्वभाविक नै हो तर पार्टी फुटाउने किसिमबाट अल्पमत पक्षले समानन्तर दस्तावेज लिएको छ, त्यो पार्टी एकताको पक्षमा छैन। बागबजारमा भेटिएका मसालका नेता कमानसिङको भनाई थियो ।नेपालको कम्युनिस्ट आन्दोलनमा ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै आएका मसाल महामन्त्री मोहन बिक्रम सिंहले लिएको दातावेज नै अहिलेको सहि र वस्तुगत कार्यदिशा हो, उनको थप स्पष्टोक्ती थियो ।

पार्टी फुटाउनको लागि के आधार देख्नु भयो अल्पमत पक्षबाट ? भन्ने हाम्रो प्रश्नमा उनले भने अल्पमत पक्षले पेश गरेको सङ्गठनात्मक प्रस्तावको २१ नम्बर वुदाले नै त्यो स्पष्ट गरेको छ, उनको भनाई थियो । सङ्गठनात्मक व्यवस्थापनको नाममा उमेर हदको कुरा उठाएर अल्पमतले नेतृत्व माथी ठाडै कब्जा जमाउने प्रयत्न गरेको छ, त्यो पार्टी फुटको लागि उनिहरुले तयार पारेको सुनियोजित योजना हो, उनले थपे ।

क्रान्तीकारी नाराको आडमा धेरै नेताहरुले पार्टी फुटालेर गए, अहिले महाधिवेशनको दौरानमा हाम्रो पार्टीमा त्यो प्रकारको फुटको स्थिती देखिएको छ, उनले भने । अल्पमत पक्षले आफ्ना असहमतीहरु संशोधन प्रस्तावको रुपमा महाधिवेशनमा राख्न सक्थे तर समानन्तर दस्तावेज नै लिएर महाधिवेशनबाट पार्टी फुटको लागि आधार तयार पारेका छन, उनले थपे ।अल्पमत पक्षले भावनात्मक हिसाबले नेतृत्व हटाउन चाहन्छ । पार्टीका श्रदय नेताहरु एम बि सिंह र चित्र बहादुर के सि लाई क्रमशः पार्टी महामन्त्री र मोर्चा अध्यक्षबाट हटाउनको लागि अल्पमत लागेको पनि उनले बताए। अहिले पार्टीको नेतृत्व हटाउने समय होइन, आठौं महाधिवेशन विचार, सिद्धान्त र सङ्गठनको क्षेत्रमा बहसमा केन्द्रित हुनुपर्दछ तर अल्पमत पक्षले पार्टी नेतृत्व हत्याउन र पार्टी नेतृत्व हत्याउन नसके पार्टी फुटाउनको लागि नै समानन्तर दस्तावेज ल्याएको उनको भनाइ थियो।

हामीले अहिले हाम्रो विचारको मात्र होइन, नेतृत्वको पनि रक्षा गर्नु पर्ने आवश्यकता छ । अहिले नेतृत्व परिवर्तन होइन, महाधिवेशनले आगामी दिनको लागि सहि कार्यदिशा बनाउनु पर्दछ। नेतृत्व दोश्रो विषय हो। तर अल्पमतले विचारमा बहस गर्नुको सट्टा नेतृत्वलाई हटाउन खोज्नुले स्पष्ट रुपमा पार्टी फुटाउने नै देखिन्छ, त्यो पार्टी जिवनको लागि ठिक कार्य होइन, उनले भने ।

 

 

बिहि, पुस १२, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस