सरकारले तीन सयवटा बिजुली बस किन्ने

काठमाडाैं – सरकारले ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेकाे छ ।

मन्त्रिपरिषद्को बैठकले बिहीबार ३ सय वटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । काठमाडौं उपत्यकाको प्रदूषण र जाम घटाउन विद्युतीय बस किन्न लागिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

यस्तै यातायात क्षेत्रका समस्या समाधान गर्न अधिकारसम्पन्न र स्वायत्त यातायात प्राधिकरण गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

बिहि, पुस १२, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस