आठ बजेबाट शुरु भएको आगोले २२ वटा घर जलेर खरानी

बिर्तामोड : झापाको मेचीनगर–६ स्थित साठी बिघा भन्ने स्थानमा आगलागी हुँदा २२ वटा घर तथा टहरा जलेर नष्ट भएका छन् । गएराति करिब ८ बजेबाट आगलागी सुरु भएको थियो । तीनवटा बारुणयन्त्रको सहायताले करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको छ ।

आगलागीबाट १६ वटा टहरा र ६ वटा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । आगलागीबाट करिब डेढ करोडभन्दा बढीको क्षति पुगेको प्रहरीले जनाएको छ । आजको अन्नपूर्ण पोष्टमा यो खबर छ 

मेचीनगर–६ स्थित साठी विघा (पुरानो भन्सार) क्षेत्रमा रहेको बधशालानजिकै स्थानीय छविलाल आङदाम्बेको घरबाट बिहीबार स आगो सुरु भएको प्रहरीको भनाइ छ । बिजुली गएपछि आङदाम्बेले बालेको मैनबत्ती ग्यास सिलिण्डरको पाइपमा सल्किएपछि आगलागी भएको प्रहरीको प्रहरीले जनाएको छ । आगलागी सुरु भएको आङदाम्बेको र उनका आसपासका अन्य घर पनि चित्रा र फुसले बनाइएका आगो चाँडो फैलिएको प्रत्यक्षदर्शीहरु बताउछन् ।
काँकडभिट्टा प्रहरीका अनुसार आगलागीबाट सुभाष शिवाकोटी, मदन कडेल, मानबहादुर गुरुङ, भुपाल तामाङ, रत्न साम्सुहाङ्ग, विक्रम साम्सुहाङ्ग, शान्तिदेवी श्रेष्ठ, गोविन्द मिश्र, प्रदिप राजवंशी, मौलिय तामाङ्गको घर तथा टहरा जलेर नष्ट भएको छ ।

त्यसैगरी केशव श्रेष्ठ, नविन राई, बर्षा लिम्बु, हरिमाया खडका, सारकेश गुरुङ, साहु तामाङ, धनविर तामाङ, रुञ्ची आइन्द्रो र देशबहादुर सुब्बाको पनि घर तथा टहरा जलेर नष्ट भएको छ ।

त्यसमध्ये केहीका होटल, कपडा पसल, दूध डेरी र किराना पसल पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ । मेचीनगरको बारुणयन्त्रले आगलागी नियन्त्रणमा लिन नसकेपछि थप मदतका लागि बिर्तामोड र भद्रपुरको बारुणयन्त्र बोलाइएको थियो ।

तीन वटा बारुणयन्त्रसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा राति ९ बजे आगलागी नियन्त्रण लिएको थियो ।

शुक्र, पुस १३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस