सफल व्यवसायी बन्दै अटोमोवाईलमा छलाङ मारेका गोपाल

पुष १३, चितवन । झण्डै ३५ वर्ष अघि नारायणगढको पोखराबसपार्क आडैमा आफ्नाबाबु दुर्गा प्रसाद भट्टराईले खोलेको पसल उनको सम्झनामा अझै पुरानो भएको छैन । साना औजार र केही मिस्त्रीका साथ व्यस्त हुन्थे दुर्गा प्रसाद भट्टराई ती दिन । स्याङजाको किसान परिवारको पृष्ठभूमिबाट बुटवल, दिल्ली हुदै पोखराबसपार्कमै आफ्नो कर्मलाई अड्याउनपुगेका दुर्गा प्रसादका जेठो छोरा गोपालका लागि त्यही घुम्ती पसलनै व्यवसायिक खुडकिलो उक्लने बाटो बन्यो । आज सम्मको उनको निरन्तरतरताले सिप्रदी कम्पनी को टाटामोटर्सका सफल आधिकारीक विक्रेता बन्नलाई जग बन्नपुग्यो ।उनको व्यवसाय हालसम्म कावासोती , टांँडी र भरतपुरमा विस्तार भैसकेको छ । त्यहांँ झण्डै ८० जनाले रोजगारी पाएका छन । उनको सफल मोटर्स डिलरको आकारले २५ करोड नाघेको छ ।

यी ४१ बर्षे युवाको कथा भन्ने बेग्लै खालको छ । त्यतिबेलाको समय उनको बुवाले स्याङजाको सिद्धार्थ राजमार्ग निमार्णको प्रोजेक्टमा प्राविधिक सहयोगीमा काम पाए पहिलोपटक । किसान त्यो परिवारलाई सडक बनाउंँदा हेर्ने यो जिम्मेवारी पाउंँदा बेखुशी हुने कुरै भएन ।भारतको निर्माण कम्पनीले सो बाटो बनाउने ठेक्का पाएको थियो ।सो क्रममा त्यहांँ विभिन्न व्यक्तिको चिनजान बुबासंँग सजिलै हुने गथ्र्यो । इमान्दारिता र उनको लगाव नजिकै बाट नियालेको त्यो कम्पनीको प्रतिनिधिको नजर उनको बुबामा पटकपटक परिरहन्थ्यो । सडक बनाउने कार्य सकिएपछिपनि उक्त कम्पनीले उहांँको बुबालाई अटोमेकानिक तालिमको अफर गरिहाल्यो । केही समयको लागि उनी तालिमको लागि दिल्ली गए ।केहीबर्षको तालिमपछि उनी मेकानिकल इन्जिनियरडमा अभ्यस्त भइसकेका थिए । उनी सरासर बुटवल आए । त्यतिबेला गोपालका अरु काकाहरु बुटवलमा बसोबास थियो । काकाहरुकै सल्लाह बमोजिम उनको बुबालाई नारायणगढ जाने सल्लाह दिइयो । सन ्१९८४ कुरा त्यतिबेला नारायणीपूल भर्खर बनेको थियो । पछिको सम्भावना देखेर होला उनी नारायणगढको पोखरा बसपार्कमा उनका बुबाले वर्कसप खोलेका थिए । बुबाले नारायणगढमै वर्कसप चलाउने भएपछि २०४२ सालतिर सानैमा उनी र उनका परिवार सहित नारायणगढ झरे । गोपाललाई पनिे नारायणगढमा उनको बुबाले त्यतिबेलाको सानो बालकुमारी स्कुलमा भर्ना गरिदिए । बुबाको पसलले बिस्तारै गतिलिन थाल्यो । नारायणगढमा दुर्गा अटोवर्कसप अहिले पनि चालु हालतमा छ, तर हाल आनन्द मार्गनिर ।

बिस्तारै गोपालपनि उनै बाबुको कामलाई नजिकबाट नियाल्ने भइसकेका थिए । त्यसपछित वर्कसपमा उनको लगाव बढ्दै गयो । त्यसैले स्कुलबाट छुट्टी भएपछि उनी बुबाको पसलमा गइहाल्थे । बिस्तारै उनको हिमचिम त्यहांँ कामगर्ने संँग,बढ्दै गयो । मजदुरले पनि उनलाई सिकाउंँदै गए । मजदुरले पनि उनलाई सानो देखेर होला खुबै माया गर्थे । कारण थियो उनले बुबालाई त सघाउथे नै, मजदुरलाई पनि सघाउन पुग्थे । पढाइमा मध्यम उनी फूर्सद हुने बित्तिकै वर्कसप पुगिहाल्थे । कारण उनलाई त्यहांँ पकेट खर्चपनि निस्कने गथ्र्यो । काम प्रतिपनि बिस्तारै उनको मोह जाग्दै गयो । उनी भन्छन ‘स्कुल लेवल पारगर्दासम्मत मैले टाटाका गाडीहरुको इन्जिन बनाउने भइसकेको थिएंँ ।’ एसएलसी पार गरेर कलेज पढ्ने बेलामा उनलाई भने के पढ्ने के गर्ने दोधारमा परे । उनी भन्छन ‘म अलिबोलक्कड र तर्क गर्नसक्ने मान्छे थिए,’ त्यसैले कानुपढ्ने कि यहीको कलेजमाभर्ना हुने दोधारमाभएँ।’ तर धेरैपटक सोचेपछि भने उनले बालकुमारी कलेजमा मेनेज्मेन्टपढ्ने निधो गरे , कारण थियो कानुन पढ्न काठमाडौ जानुपर्ने मेनेजमेन्ट भने त्यहीपढ्न पाइने । यहांँ पढ्दा बुबालाई पनि सघाउ हुने पढइलाईपनि निरन्तरता दिन सकिने । उनले कामलाई नै बढी प्राथमिकता दिनथाले ।किनकी बिहानको कलेज १० बजेसम्म चल्ने त्यसपछिको पूरासमय वर्कसपमा दिनपाइने । त्यसपछित उनी दैनिक वर्कसपमै समय विताउन थाले । त्यसपछित उनी त्यतिबेला देखिनै बुबाको काम सबै सम्हाल्न भैसकेका थिए ।

पढाइलाई निरन्तरता दिदै वर्कसप चलाउने उनी प्रवीणतापत्र पास गरेपछि भने उनले आफ्नो व्यवसायलाई परिमार्जित गर्ने सोच बनाइसकेका थिए ।
उनी भन्छन ‘गाडी लाइन लाई त्यतिबेलापनि राम्रो नजरले हेरिदैनथ्यो, तर म यसलाई कसरी सम्मानित पेशा बनाउन सकिन्छ ,आफूलाई अलि फरक कसरी बनाउन सकिन्छ भन्ने सोचाइमा डुबिरहन्थे’।
यसको केही बर्षपछि सिप्रदी ट्रेडिङले नारायणगढमा प्रशस्त सम्भावना देखेर नारायणगढमा गाडीको आधिकारीक सर्भिस सेन्टर राख्ने खोजीमा थियो । त्यसको लागि उनले यो कुरा थाहा पाइहाले । त्यसपछि उनको वर्कसपको दक्षता,उनको क्षमता देखेर उनलाई सर्भिस सेन्टर र व्याट्रीको सेल्सको जिम्मा दियो । सानैदेखि व्यवसायमारुचि राख्ने गोपालले आफ्नो विस्तारित पसललाई समय दिनथाले । सभिर्स र व्याट्रीको लागि वरिपरी जिल्ला लगायत सबै ठाउंँबाटअर्डर आउन थाल्यो व्यवसायगतिदिनथाल्यो कम्पनीको बिक्री लक्ष्य सजिलै पुग्यो उनको । व्यापारमा पोख्त उनी सिप्रदीले फेरी उनको लागि टाटाका उत्पादनको लागि नारायणगढमा डिलरको खोजी गर्दै थियो । कम्पनीले उनको इमान्दारीता र क्षमता अनुभव पाइसकेकोले उनले डिलरको लागि २०६८ सालमा अनुमति पाइहाले । अनुमति त पाए तर डिलरको लागि ठूलै लगानी चाहिन्थ्यो ।उनीभन्छन , ‘शुरुका बखत दुईजनाको पार्टनरका साथ १ करोड लगानीमा लायन्सचोकमा डिलर राख्ने भयौं,’उनले सम्झे । त्यतिबेलाको समय चितवनमा म्याजिक भ्यानको अत्याधिक माग थियो व्यवसायले दिनदुइगुना रातचौगुना उनको व्यवसायले थप उचाई लिनथाल्यो । व्यवसायमा आत्मविश्वास बटुल्दै गएका उनले पार्टनरबाट व्यवसाय दिर्घकालिन रुपमा लैजान सकिदैन भन्ने निर्णयमा पुगे । अनि त्यसको केहीबर्षमै पार्टनरसंँग छलफल गरी उनले आफूले कमाइसकेका पैसा र बैंकसँगको सहयोगबाट उनले डिलरको स्वामित्व आफ्नो हातमा पारे ।

एक्लै डिलर चलाउने भएपछि थप चुनौति र अवसर हुने नै भयो । उनले टाटाका उत्पादनको बिक्री बढाउंँदै बजार अधिकृतहरु पनि थप्दै लगे । बिस्तारै गाडीको बिक्री बढ्दै गएपछि ग्राहकको सुविधाका लागि रत्ननगर निपनी र कावासोतीमा एकैपटक शोरुम खोल्न सफल भए ।आफ्नै जग्गामा गाडीको सर्भिस सेन्टर र गाडी भण्डारण गर्न थाले । शुरुबाटै कम्पनीको बिक्री लक्ष्य पुरयाइसकेका उनले पछिल्लो समय त झन कम्पनीको लक्ष्य भन्दाबढी गाडी बिक्री गर्न सफल हुदै गए । फलस्वरुप उनले धेरैपटक उनी उत्कृष्ट डिलरको रुपमा पुरस्कृत भएका छन । विजनेशमा धेरै नै अभ्यस्त उनी स्नातकतह पढ्दापढ्दै भने पढाइलाई रोक्नुपर्ने भयो । हाल लायन्सचोकमा समेत डिलरको शोरुम साघुरो भएपछि एयरपोर्ट अगाडी फराकिलो क्षेत्रफलमा उनले डिलर सारेका छन । हाल सबै गरेर २५ करोड भन्दा बढीलगानी भएको बताउने उनले भावी दिनहरुमा यसलाई अझ अन्य जिल्लामा थपविस्तार गर्ने सोच छ । करीब ८० जनाभन्दा बढीलाई रोजगार दिएका उनी भविष्यमा अटोवर्कशप प्राविधिक तालिम दिनको लागि प्राविधिक शिक्षालय राख्ने तया।रीमा छन् । ‘दक्षजनशत्तिको कमी छ नेपालमा , यसको परिपूर्ती गर्न तालिमदिने विद्यालय संचालन गर्ने ईच्छा छ ’उनी भन्छन ।जसको लागि उनले सिटीईभीटीबाट सम्बन्धन प्राप्तगरी पनि सकेका छन् । उनी व्यवसाय अलावा अन्य सामाजिक संस्थामा समेत समाहित छन ।२०५४ सालमा गोपाल चितवन अटोमेकानिकल व्यवसायी संघको कोषाध्यक्ष पनि भए । त्यस पछि सोही संस्थाको २ कार्यकालसम्म अध्यक्षपनि। २०६९ सालबाट स्थापित उनकै नेतृत्वमा अटोमेकानिक बचत तथा ऋण सहकारीको उनी अध्यक्ष हुन । जसबाट संस्थाले ५ करोडसम्मको पूंँजी संकलन गर्न सफल भइसकेको छ। यस्तै नारायणगढ जेसीजको बर्ष २०१६ को उनी अध्यक्ष भइसकेका छन । हाल उनी चितवन चेम्बर अफकर्मस जिल्ला उपाध्यक्ष हुन ।

यतिमात्रमा उनी सिमित छैनन उनी । उनले सिप्रदी सहायता संस्था मार्फत ३५ जना चेपाङको पढाइमा सहयोग पुरयाएका छन । व्यवसाय संँगसगै समाज सेवामा उत्तिकै चाख राख्ने उनले भविष्यमा आफूलाई टाटाको डिलरको सर्वोत्कृष्ट डिलर बनाएर अन्तराष्ट्रिय स्तरमै आफूलाई चिनाउने धोको राख्छन ।

शुक्र, पुस १३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस