भगवाननै ठानेका लिटिल बुद्ध बन्जनको यस्तो हर्कत, पिडित परिवारले खोले रहस्य (भिडियो)

१३ पुस, काठमाडौं । लिटल बुद्ध भनेर चिनिने रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता भएका ३ जनाको परिवारले सरकार र प्रहरी प्रशासनले खोजतलासमा गम्भीर नबनेको आरोप लगाएका छन् । शुक्रबार राजधानी आइपुगेका उनीहरुले पत्रकार सम्मेलनमार्फत सरकार र प्रहरी प्रशासनलाई गम्भीर बनिदिन आग्रह गरे ।

यसअघि ३० भदौमा रौतहटकी १८ वर्षीय गंगामाया तामाङले बम्जनले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै आश्रममा हुने गरेका दुर्व्यवहारबारे बताएकी थिइन् ।

त्यसपछि बम्जनको आश्रमबाट ४ जना बेपत्ता भएको रहस्य सार्वजनिक भएको थियो । बम्जनको आश्रमबाट बेपत्ता भएका ४ जनामध्ये तीन जनाको परिवारले न्याय खोज्दै शुक्रबार राजधानी आइपुगेको छ । ।

बेपत्ता पारिएकी मकवानपुरका फूलमायाकी भाई विजय रुम्बा भन्छन्, ‘०७१ सालमा माघमा दिदीसँग अन्तिम पटक सम्पर्क भएको थियो । एकदिन एक्कासि भेट्न मन छ भने भोलि नै आउनुस् नत्र भेट हुँदैन भनेर फोन आयो । त्यतिवेला जान सम्भव थिएन । त्यसपछि पटकपटक सम्पर्क गर्न खोज्दा पनि भेट भएन ।’

शुक्र, पुस १३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस