प्रधानमन्त्री ओलीद्वारा तमु ल्होसारको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण तमु (गुरुङ) सुमदायमा शुभकामना व्यक्त गरेका छन् ।

एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नयाँ वर्षकोरुपमा मनाइने ल्होसार पर्वका अवसरमा सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका हुन् ।

प्रधानमन्त्रीले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को महाअभियान सुरु गरेको स्मरण गर्दै यो अभियानलाई सफल पार्न तमु समुदायले पूर्णरुपमा सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले नेपालको विविधतामा खेलेर द्वन्द्वको विजारोपण गर्ने तत्वहरु विगतमा धेरै सक्रिय भएको बताउँदै तर नेपालीहरु एकताले त्यस्ता तत्वहरुको प्रयास सफल हुन नसकेको उल्लेख गरेका छन् ।

‘हामी लामो समय राजनीतिक हक अधिकार प्राप्तीको संघर्षम होमिनु पर्दा देशले विकासको गति लिन सकेन । जनताले अभाव,अशिक्षा र गरिबी भोग्नुप¥यो,’ प्रधानमन्त्रीले जारी गरेको सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मुलत नेपालमा राजनीतिक मुद्धाहरु सकिएका छन् र हामीले आर्थिक विकास र समृद्धिको यात्रा प्रारम्भ गरेका छौं । सरकार समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागि परेको छ । समातामुलक समाज हाम्रो एकमात्र लक्ष्य हो ।’

आइत, पुस १५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस