बद्रि पंगेनी र श्रीदेवी देबकोटाको ‘के छ साली विचार’ गीतमा प्रकाश सपुत र रीना थापाको मस्ती (भिडियो सहित)

ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा भन्ने गितबाट चर्चाको शिखरमा पुगेका लोकप्रिय गायक बद्री पँगेनीले त्यस पछि कहिलै पनि पछाडी फर्केर हेर्नु परेको छैन । उनै लोकप्रिय गायक पँगेनीले आवाज दिएको सालीसँगै सम्बन्धीत गित के छ विचार साली भर्खर मात्र सार्वजनिक भएको छ ।

एक दशक लामो समय पछि सालीकै रुपमा उनलाई फेरी जोड्ने काम भने परदेशी सर्जकहरु दिपक कँडेल र रामु जि.सी कमलले गरेका हुन । भर्खर मात्र सार्वजनिक भएको सो गितलाई बद्रीलाई यो पटक आवाजमा भने सिन्धु मल्लले नभएर श्रीदेवी देवकोटाले साथ दिएकी छन ।

गितको विषयबस्तु ससुरालीमा जस्तै छ भने गितको शब्द र लय निकै उत्कृष्ट रहेको छ । प्रकाश सपुत, रीना थापा र श्रीदेवी देबकोटाको अभिनय रहेको गितको शब्द रामु र दिपकले संयुक्त रुपमा सिर्जना गरेका हुन भने लय भने जापानमै रहेका लोकप्रिय गायक तथा सर्जक प्रेम सापकोटा सोनुले गरेका हुन ।

गित सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै सर्जकहरु दिपक कँडेल र रामु जिसीले गितलाई राम्रो बनाउने प्रयास गरिएको बताउदै आफ्नो कामलाई सबैले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

दिपिका म्युजिकले बजार ब्यवस्थापन गरेको सो गितमा रिना थापा,प्रकाश सपुत र श्रीदेवी देवकोटाको अभिनय रहेको छ भने गितलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन ।
हेर्नुहोस भिडियो सहित

शनि, पुस २१, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस