साथीहरुको कथा !

सामाजिक जिवनमा लागे पछि धेरै साथीहरु बन्ने नै भए । विद्यार्थी जिवनमा जुन वर्गबाट आए पनि विद्यार्थी नै थिए । धेरै साथीहरु बने । कोहि वर्गीय मित्र बने कोहि वर्गीय शत्रु बने । मातृ पार्टीको वैचारिक प्रभाव पर्नु स्वभाविक नै हो, त्यो मुख्य कडि बन्ने नै भयो।

एउटा निकै मिल्ने साथी थियो, सङै राजनितिक आन्दोलनमा लागेको, पछि उ क्रान्तिकारी उद्देश पूरा गर्ने भनेर माओवादी रोज्यो, माओवादी आन्दोलन विसर्जन भयो, वुर्जुवा गणतन्त्र नि आयो । त्यस पछि लामो समय पछि भेट भयो उ सङ्ग, त्यो बेला उसको निजि जीवन सुन्दर बनेको थियो, विलासिताका साधनहरुले उ मा अभाव थिएन, शहरमा घर देखि थुप्रै चिजले उसलाई माया गरेको थिए, उसले त्यसलाई परिवर्तन वताउद्थ्यो । त्यस पछि खासै भलाकुसारी गर्ने भनेर हाम्रो भेट भएन ।

अर्को एउटा साथी थियो, प्रजातान्त्रिक विचारको राजनिती गर्छु भनेर प्रजातान्त्रिक बन्यो, बिस्तारै प्रजातान्त्रिक बन्यो बनेन त्यो त थाहा भएन, एउटा कार्यक्रममा हाम्रो विरुद्ध आक्रमण गर्न त्यो नि अग्रपंक्तिमा थियो, सङ्गै राजनिती शुरु गरेको मित्र चाडैं दुश्मन बन्यो । अहिले कहिलेकाही भेट हुँदा रार्म्रोसङ्ग बोल्दैन, उ सत्य र न्यायको बाटोमा होइन, निजि जीवन समृद्व पार्ने अभियानमा नै छ ।

त्यो प्रकारका धेरै साथीहरु थिए, जो पछि कोहि मेरो नजिकको मित्र पनि बने ।

सामाजिक जिवनमा अगि बढ्दै जादा धेरै साथीहरुसङ्ग भेट भयो, जो वालसखा त होइनन, तर वालसखाका हितैसी भन्दा प्रिय लाग्छन, किनकी हाम्रो वर्ग पक्षधरता मिलेको छ। पुर्वको साथी घाइते हुँदा पश्चिमको साथीको आखामा आँसु देखिन्छ ।

यसरी साथी बन्नेहरु सबै सधै स्थायी बनेनन। कोहि छुट्डै गए, कोहि अहिले सङ्गै छन। समस्या त त्यो पो रहेछ, छुट्दै गएका नि भेटिन्छन, कुराकानी गर्छन, पुराना सघर्षका कथा व्यथा स्मरण गराउछन, सङ्गै भएका कोहि साथी भेट भए पनि जातै जाला जस्तो गर्छन । कहिलेकाही परिस्थितिले यस्तो पनि बनाउदो रहेछ ।

कुरो त्यति मात्र कहाँ पो रह्यो र, उनको विचारलाई समर्थन नगरिदिए साथी नै भैएन, समर्थन गरिदिए हुनसम्मको विश्वासिलो भैयो। परिस्थिति यस्तो पनि आयो कि, एउटा सानो फरक कुरो गर्‍यो कि लौ यो त अब जाने भयो, पहिला पहिला पनि जान्थे । त्यो बेला लाग्छ, त्यो साथीले पहिला र अहिलेको अवस्थाको ठोस मुल्यांकन गर्छ होला कि गर्दैन होला । तै पनि उसलाई धेरै के भन्नु, उ एक शुत्रीय गाइडेड छ । कृयटिभ भएको भए त यस्ताको उस्तो भन्न हुन्थ्यो, गाइडेड भएपछी भनेको पनि सुन्दैन, अनि भन्छ, परिस्थिति बुझेनौ साथी । त्यो साथीले बुझेको परिस्थितिले उसको जिवनमा त घाम लाग्ला, तर उसले घाम तपाउने भनेका मान्छेहरु सधै चिसोमा बस्न बाध्य हुनेछ्न। त्यसलाई उसले परिस्थिति बताइदियो, त्यो कुरा मलाई मन परेन, मलाइ मन नपरेकै आधारमा उसले मलाई छिपछिपे, अर्ध ज्ञानि, उग्र, अराजकका लान्छनाको माला नै बनाइदियो र लगाइदियो । आफुलाई निकै क्रान्तिकारी बताएर साथीले धेरै कुराको जोरजाम गरेर लगाइदिएको माला मेरो आदर्शसङ्ग मिलेन, मलाई लगाउन मन लागेन, मैले मिल्काइदिए। अनि भन्छ, पहिलेको साथी जस्तै । त्यो नै साथीको कमजोरी छ, पहिलाको जस्तै देख्छ। साउन महिनामा आँखा फुटेको गोरुले सधै हरियो देख्छ भन्थे हो रहेछ भन्छु, धेरै भनेर पनि गम खान्न । यस्ता साथि पनि छन मेरा ।

साथी त सघर्षको मैदानमा स्पात भएर लागोस र वात मारोस र पो बल्ल मजा हुन्थ्यो, त्यो गर्नु त कता हो कता, नेता जि को पछि पछि लाग्यो, अरुले गरेको कामलाई आफ्नो भन्यो अनि रिपोर्टिङ गर्‍यो, ज्यु हजुरी गर्‍यो, नातागोता साइनो सम्बन्ध बनायो र नेता बन्यो, अनि फिल्ड खाएकालाई हेप्यो, फलानो अलि अराजक छ भन्यो, यो प्रवृत्ति भएका साथीहरुसङ्ग पनि सङ्गत गर्न पाइयो, अनुभव सङ्गाल्न पाउनु पनि खुसी कै कुरो हो जस्तो लाग्छ ।

अरु पनि साथी छन, कैयौं सवालमा कुरा मिल्दैन तर पनि भावना मिलेकै छन, सुन्दर भविष्यका रुमानी सपनाहरुको पक्षमा सघर्ष गर्ने सवालमा। दुर दराजका उत्पीडित भोका नाङ्गाहरुको आगनमा उज्यालो ल्याउन तुफानि सघर्षमा हिडेका मित्रहरुलाई केही यस्ता मित्र छन, जसले सधै अराजक देख्छन। तिनको सोचाई नै अराजक छ भन्दैमा हाम्रो यात्रा नै अराजक हुने कुरो भएन।

कोहि साथीहरुले ससार बदल्ने कुरामा सहमत प्रकट त गरि नै रहन्छन तर, जिवनका कैयौं वाध्यता, विवसतालाई स्विकार गर्दै हातमुख जोर्नको लागि प्रवासको ५०/५५ डिग्रीको घाममा गैची र वेल्चा चलाउने, देशको क्रान्तिकारी आन्दोलनको लागि आफ्नो श्रमबाट योगदान गर्नेलाई साथीले पलायनवादी देख्छ, तर त्यही पलायनवादीले गाँस कटाएर दिएको सहयोगले आफ्नो जिन्दगीमा पेटसम्म भर्न पाएको विर्सिन्छ । सोच नबद्लिए पछि, चिन्तन नबद्लिए पछि अरु ठूलो कुरा सोच्न पनि नसकेर होला यस्तै कुराहरु गर्ने । विचरा! पलायनवादी भन्दियो, आफूलाई चाहिँ महा क्रान्तिकारी ठान्दियो ।

केही समय अगाडि युरोप पुगेका साथीहरुले जिन्दगीका आफ्ना सपनाहरु साकार पार्न दिनको १४/१६ घण्टा काम गरेर सघर्ष गर्दै छन, त्यो सङ्गै त्यसरी बगाएको पसिनाका केही थोपा देशको क्रान्तिकारी आन्दोलनमा पनि सिन्चेका छन तर ती साथी लाई आफुलाई महान वताउनेले पलायनवादी देख्छ, विश्व भुमण्डलिकरणमा मजदुर आन्दोलनको आम दिशा विश्वव्यापी बन्दै गएको बेलामा उसले त्यसलाई पलायनवादी देख्छ जबकी आफुले सिन्को भाच्नु पर्दैन, चिया पसलमा गफ छाटे पुगेको छ । यस्तै यस्तै पात्र र प्रवृतिको बिच भागबाट च्यापिदै गएको एउटा क्रान्तिकारी आन्दोलनको भविष्यको खोजी र विकासमा लागेकालाई उसले अझै कहिलेकाही त प्रतिगमन परस्त देख्छ। …………विचरा साथी ! र पनि उनिहरु मेरो साथी नै छन ।

 

सोम, पुस २३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस