अन्तिम चरणमा पुग्यो बरेङमा माघी मेलाको तयारी !

तारा प्रसाद पौडेल  बरेङ बागलुङ, आगामी पौष २८ गते देखि संचालन हुन लागेको माघी मेलाको तयारी अन्तिम चरणमा पुगेको मेला संयोजक तथा क्लवका अध्यक्ष मोहन पुनले बताउनुभयो । माघ २ गते सम्म संचालन हुने मेलामा कृषि तथा हस्तकला प्रदर्शनी , स्थानिय ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थलहरुको फोटो प्रदर्शनी , सोरठी तथा लोक सांस्कृतिक झाँकिहरु प्रस्तुत हुने आयोजकको भनाई छ । मुख्य आकर्षणको केन्द बिन्दु राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने कुरा जनाईएको छ ।

कार्यक्रममा राष्ट्रिय कलाकार खुमन अधिकारी , वसन्त थापा , पुर्ण परियार लगायतका दर्जनौंको प्रस्तुतीले दर्सकहरुको भिडभाडलाई बढाउने आयोजकको ठहर छ । यसै कार्यक्रम मार्फत कृषि र पर्यटन क्षेत्रलाई यस क्षेत्रको आयआर्जनको माध्यम बनाउन किसान तथा पर्यटन ब्यबसायीहरुलाई प्रेरित गर्न विभिन्न धार्मिक स्थल तथा पर्यटकिय क्षेत्रको फोटो प्रदर्शनि र कृषि उपज सामाग्रीको प्रदर्शनि राखिएको मेला संयोजक पुनको भनाई रहेको छ ।

यस मेलाका आकर्षण हरुमा नयाँ संरचना स्तरिय वडा पुरुष भलिबल , सालैजो नित्य , खुला ब्याडमिन्टन , मा ० वि स्तरिय हाजिर जवाफ प्रतियोगिता रहेका छन् । मेलाको आयोजक मनकामना युवा क्लब र सह-आयोजक मनकामना आमा समूह बरेङ गा ० पा २ सिग्दि रहेको संयोजक पुनले बताउनुभयो ।

 

 

 

मङ्ल, पुस २४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस