‘सयकडा दश’ भ्रष्टाचार बिरुद्धको अभियान, फिल्म रिलिज भएपछी यसो भन्छन गजुरेल र पौडेल (भिडियो सहित)

चर्चित हास्य कलाकार मनोज गजुरेलको ‘सयकडा दश’को  चलचित्र  सार्वजनिक गरिएको छ ।

भ्रष्टचार बिरुद्धको अभियान भनेर प्रचार गरीएको चलचित्र ‘सयकडा दश’को माघ १८ गते रिलिज  गरिएको हो ।

फिल्म  भ्रष्टाचार पारिवारिक कथामा बनेको बताईएको  छ। सिनेमामा मनोज गजुरेल, राजाराम पौडेल, रश्मी भट्ट, अमृत ढुगांना, करुणा श्रेष्ठ, सोनिया राई, उसब न्यौपाने, अमित पोखरेल, रवि डंगोल आदिको अभिनय रहेको छ।

‘सयकडा दश’मा रज्जु प्रधानको कथा, निर्देशक रामशरण पाठकको पटकथा तथा संवाद, कल्याण सिंह र जुगोल डंगोको संगीत, रामश्वर कार्कीको छायांकन, दीलिप ओखेडाको कोरियोग्राफी, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

सिनेमामा ‘ रामशरण पाठकको लेखन तथा निर्देशन रहेको छ ।

हेरौ मनोज गजुरेल र राजाराम पौडेल संगको कुराकानी 

आइत, माघ २०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस