१२ औँ शृङ्खलामा कफि र काफिया

चितवन, माघ २६ 

गजलको राजधानीका रूपमा चिनिने गरेको चितवन र नवलपुरमा गजलको लहर जारी राख्न गजल बाचन कार्यक्रम आयोजना गरिएको छ । सिर्जन साहित्य प्रतिष्ठानको आयोजनामा गैंडाकोटको एसपिएम कलेजमा शनिवार (आज) कफि र काफियाको १२ औँ शृङ्खलाको आयोजना गरेको हो ।

कफी र काफियाको १२ औँ शृङ्खलामा गजलकार अम्विका कार्की र घायल श्रीले गलज सुनाएका थिए । युगल गजल वाचन कार्यक्रममा कार्की र घायलले १०÷१० वटा गजल सुनाएका हुन् । घायललाई म्याग्दीबाट गजल बाचन गर्न बोलाईएको थियो भने, कार्की चितवनकी गजलकार हुनुहुन्छ ।

दुबै स्रस्टाका गजलका शेरले माहोल अत्यन्तै रोमाञ्चक देखिन्थ्यो । यसैवर्षको असारदेखि सुरु गरिएको कफी र काफियाको पहिलो शृङ्खलामा पाका स्रस्टा गोविन्दराज बिनोदी र धनराज गिरि प्रस्तुत भएका थिए । त्यसपछि निरन्तर रुपमा चितवन बाहिर बाट पनि गजलकार बोलाएर कफि र काफियाको कार्यक्रम राख्दै आईएको छ ।

सिर्जन साहित्य प्रतिष्ठानका अध्यक्ष सृजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गजल मञ्च चितवनका अध्यक्ष प्रभाकर पण्डित, तेजेन्द्र रानामगर, रोशन अधिकारी, तिर्सना सापकोटा, कृष्ण देवि शर्मा लगायतको उपस्थिति रहेको थियो । सिर्जन सहित्य प्रतिष्ठानका सदस्य लेखराम सापकोटाले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो ।

शनि, माघ २६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस