कालीमाटी तरकारी बजारमा गोलाप्रथाबाट सटर विक्री वितरण गरेको खनालको भनाई

शनिबार, २६ माघ,

काठमाडौं । कृषी तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कालीमाटी तरकारी बजारमा भईरहेको बिचौलिया व्यवस्थापनका लागी गोलाप्रथाबाट सटर विक्री वितरण गर्ने बताएका छन् ।

तरकारी बजारमा किसानहरुको पँहुच वृद्धि गर्न गोलाप्रथाबाट सटर विक्री गर्न लागेको उनको भनाई छ ।

कालीमाटी तरकारी बजारमा सटर कब्जा गरेर बस्नेहरु धेरै भएका कारण किसानलाई थप मार परिरहेकोले उत्पादक र उपभोक्ताहरुलाई जोड्ने तयारी सरकारले गरिरहेको उनले बताए ।

कालिमाटी तरकारी बजारलाई व्यवस्थित गर्न ठोस योजना बनाएर अघि बढ्ने उनको भनाई छ ।

 

शनि, माघ २६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस