नेपालको भारतमाथि ऐतिहासिक जित, सावित्रा भण्डारीले गरिन् चमत्कार

 भारतमा भइरहेको हिरो वुमन्स गोल्डकप अन्तर्गत सोमवारको खेलमा नेपालको महिला टिमले भारतको महिला टिमलाई २-१ ले पराजित गर्दै नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ।

 साफ र ओलम्पिक छनोटको तयारीस्वरुप भारतले आयोजना गरेको खेलमा नेपालले भारतलाई २–१ गोलले हराएको हो ।

खेलमा दुबै गोल सावित्रा भण्डारीले गरिन् । खेलको पाँचौ र सातौं मिनेटमा भण्डारीले नै प्रहार गरेको गोलले नेपालको जित सुनिश्चित गरायो । भारतको तर्फबाट रत्नाबाला देवीले फ्रीकिकमार्फत खेलको ८४औँ मिनेटमा गोल गरिन् ।
महिला फुटबलमा नेपालले भारतलाई पहिलोपटक पराजित गरेको हो ।बुधबार नेपालले इरानसँग प्रतिष्पर्धा गर्नेछ ।

सोम, माघ २८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस