७ खर्ब लगानीका १९ जलविद्युत् आयोजना आउँदै, प्रधानमन्त्रीले यसरी गरे शुभारम्भ (भिडियो सहित)

काठमाडौं – सरकारले जनताको लगानीमा ६ खर्ब ९५ अर्ब रुपैयाँको १९ वटा आयोजना सञ्चालन गर्ने भएको छ। सरकार र जनताको संयुक्त लगानीमा सो आयोजनाको उद्घाटन बिहीबार प्रधानमन्त्री केपी ओलीले गरेका छन्। ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयर धनी’ भन्ने मूल उद्देश्यका साथ सुरु उक्त आयोजनाको सेयर आगामी चैत ७ गतेबाट खुल्ने प्रधानमन्त्री ओलीले बताए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले १० हजारदेखि १० लाखसम्म जनताले सेयर लगानी गर्न सक्ने बताए। सरकारले अबको ५ वर्षभित्र १९ वटा आयोजनाबाट तीन हजार चार सय ७९ मेगावाट विद्युत् उत्पादन गर्ने योजना अघि बढाएको हो। सरकारले यो कार्यक्रम हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनीले कार्यान्वयनमा लैजाने उक्त ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रमको समुद्घाटन गर्दै ओलीले हिमालदेखि पहाड, तराईमधेससम्मका आम जनतालाई आयोजनामा लगानी गर्ने सुअवसर जुटेको बताए।

प्रधानमन्त्रीले गरेको सम्वोधनको भिडियो सुनौलो नेपालको अफिसियल YouTube च्यानलमा पनि हेर्न सकिन्छ

बिहि, फाल्गुन २, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस