नकारात्मकवादको सकारात्मक सिद्धान्त – शम्भु गौतम

समय व्यस्तताका कारण बिगत केहि समय देखि मानसपटलमा उथलपुथल भैरहेका शब्दहरुलाई अभिव्यक्त गर्ने अवसर जुटेको थिएन । केही लेखौ भन्यो मोबाइलमा अनवरत बज्ने घन्टीले भएको हैरानीकै कारण आज फ्लाइट मोडमा मोबाइल राखेर केही लेख्ने प्रयास गर्दैछु ।
बिशेष गरेरपछिल्लो समय विद्युतीय संचार माध्यममा आउने समाचार लेखे विश्लेषणहरु पढ्ने गर्छु तर आजसम्म तर्क बितर्क गरेको थिएन आज केहि नबोली केहि नलेखी कलम रोकिन मानेन । त्यसैले केहि सकारात्मकताको लागी केहि मनोभाव लेख्ने प्रयास गर्दैछु अंग्रेजीमा ‘Theme’ शब्द नेपालीमा मर्म आजभोली जुन समाचारको मर्म हेर्छु सबैतिरबाट सटिक र पढ्न योग्य हुन्छन। तर तिनको भित्री भाव अथवा मर्म सधै नकरात्मक नै पाउने देख्ने गरेको छु ।
एउटा भनाई छ नकारात्मकबादको सकारात्मक सिद्दान्त नराम्रो बाटोलाई छोड्दै राम्रो बाटोमा जानु नराम्रो संदेश प्रवाह गर्नुभन्दा राम्रो संदेश प्रवाह गर्नु अथवा अब हामी कुन बाटोमा जादैछौ भन्ने हाम्रो मतिष्कले कुन बाटोको परिकल्पना गरेको छ भन्ने कुरा प्रधान हुन आउछ त्यसैले मानसपटलमा सधै सकरात्मक सोच राख्नु नै सकारात्मक संदेशको एउटा मार्ग हो।
पाठकवृन्दमा मेरो बिनम्र अनुरोध छ यो कसैपर्ती लक्षित कसैप्रति पुर्वाग्रह्हित भन्दा पनि नकारात्मक सोच बदल्नुपर्छ भन्ने सोचका साथ तयार पारीएको आलेख हो। यसले ब्याक्ति मात्रै नभई परिवार समाज र सिंगो देशलाई नै बदल्न पर्छ भन्ने संदेश प्रवाहित गर्नुपर्छ भन्ने एकमात्र मेरो ध्येय हो ।
परिक्षा दिनु भन्दा अगाडी जसरी तयारीको लागी पढ्नुपर्छ त्यसरी नै कुनै कुरा बोल्नु भन्दा अगाडी अध्यन गर्नु जरुरी छ । भन्ने मलाई लाग्छ अब कुरा गरौ वर्तमान सरकारको बारेमा अहिलेको देशको राजनैतिक आर्थिक र सामाजिक अवस्थाको बारेमा यहाँहरुलाई अचम्म लाग्ला मलाई कहिले पनि कुनै कुरामा चमत्कारीक परिवर्तन हुन्छ भन्ने लागेन जवकि हिजो तत्कालिन नेकपा एमाले र नेकपा माओबादीको गठबन्धनले दुई तिहाई ल्याउदा पनि देशमा चमत्कारीक परीवर्तन हुन्छ भन्ने मलाई कल्पना मलाई थिएन तर सपना भने थियो ।

अब नेपाल नयाँ बाटोमा जान्छ नयाँ उत्साह उमंगका साथ् अगाडी बढ्छ भन्ने जुन सोचाई तपाई हामी र आम नेपालीमा थियो तर दुर्भाग्यबंश देखिने गरी काम हुन् सकेन यसका पछाडी धेरे कारण हरु हुन् सक्छन ति कारणहरु अर्को आलेखमा प्रस्तुत गर्नेछु। तर मेरो बुझाईमा जुन गतिमा बिकासको रेल कुद्नुपर्ने हो त्यो गतिमा कुदन सकेन यसका पछाडी सबै नेपाली जनताको उत्तिकै जिम्मेवार छौ । नेतृत्व र पदीय हिसावले प्रधानमन्त्री केपी शर्मा ओली भएकोले यहाँहरुलाई लाग्ला हामी किन जिम्मेवार हुने पक्कै पनि हुनुपर्छ किनकि हामी प्रत्यक नेपाली मतदाताको मतले आज सांसद मन्त्री प्रधानमन्त्री , राष्ट्रपति चुनिएका हुन्छन त्यसैले त्यसको नैतिक जिम्मेवारी हामीमा पनि छ किनकि नेतृत्वमा पुर्याउने हामी हौ हाम्रो मत हो ।

के तपाई पनि अहिलेसम्म कुनै मन्त्री सांसद कहाँ आफ्नो कामको लागी जानुभो कहिले कसैलाई जागीर खुवाउन कहिले कसैलाई सरुवा गराउन वा आर्थिक रुपमा सम्पन्न भएपनि राज्यले विपन्नका लागी प्रदान गर्ने सहुलियतका लागी पुल्चोक मन्त्री निवास पुग्नुभो वा सिंहदरबारको दक्षिण गेटमा नाम लेख्न लगाएर भित्र छिर्नु भो यदि तपाईले त्यसो गरेको भए नि त्यो स्वाभाविक छ हिजो दिन रात नभनी देशको लागी पार्टीको लागी लड्नु भो रगत बगाउनु भयो आफ्नो कामको लागी जाने सहयोग माग्ने मानवीय गुण नै हो तर छातीमा हात राखेर भन्न सक्नुहुन्छ तपाईले जिताएर पठाएका माननीय तपाईको एक भोटले जिताएर अहिले मन्त्रालय हाकेका मन्त्रीलाई सिधा नजर जुधाएर देशमा भएको बेतिथी कालोबजारी भ्रष्टाचारी र मनपरी तन्त्रको बारेमा तपाईले केहि भन्नुभएको छ ? वा तपाई ब्यस्त भएर समय भएन भनेर लेखेर इमेल फेसबुक वा लिखित संदेश मार्फत केहि प्रतिक्रिया दिनुभएको छ पक्कै दिनुभएको छैन तर तपाई जब आफ्नो काम सिध्याएर फुर्सदमा बस्नुहुन्छ अनि गाली गर्न थाल्नुहुन्छ हुन्छ कहिले चिया पसलमा बसेर त कहिले पत्रिका पसलमा अनि त्यतिले नपुगेर घरमा गएर श्रीमतीसंग कुरा गर्नुहुन्छ फलानो मन्त्री यस्तो, फलानो सांसद यस्तो भन्दै नकारात्मकता फैलाउन तपाई लिन हुनुहुन्छ । अनि घर छिमेकमा भर्खरै हुर्किदै गरेका कलिला बाल मष्तिकहरुमा नकारात्मक सन्देशको जालो छार्दिनु हुन्छ। जुन भविष्यका लागी अत्यन्तै अनुत्पादक भैदिन्छ भोलिका दिनको लागी किनकि तपाईका नकारात्मक कूराले तपाईको वा छिमेकको बच्चाको मनस्थिति बिस्तारै नेपाल प्रति नै नकारात्मक बन्छ र त्यसको असर भबिष्य उसलाई नेपालमा बस्न इच्छा नहुन सक्छ ।

जसरी बगैचामा फुलेका फूलहरुको सुगन्धले हामीलाई आकर्षण गर्छ त्यसरी नै हाम्रा सकारात्मक कुराले बाल मस्तिष्कलाई आकर्षण गरीरहेको हुन्छ । त्यसैले हामीले बगैचा रुपी नेपालमा पानी हाल्ने काम गरेर आजका कलिला बालबालिका जो भविष्यका कर्णधार हुन् उनीहरुलाई आकर्षण गर्न सकेनौ भने बिडम्बना बगैचा त बन्ला तर बगैचामा माली नभएर बगैचा खण्डहर बन्ने अवस्था हुनेछ। त्यो खण्डहर यस्तो हुनेछ जुन फेरी अर्को बगैचा बनाउन अर्को ५० वर्षा लाग्छ त्यतिबेला न फुल हुन्छ न पानी माली मात्रको के काम तयसैले देश बदल्ने भनेको पत्रकार प्राध्यापक लेखक विश्लेषक सामाजिक अभियान्ताहरुले हो त्यसैले सकारात्मक संदेश छर्ने पर्यत्न गरौ ।
नेपाली क्रिकेट टोलीले जित हासील गर्दा नेपालको इज्वत राख्दा के खेलकुद मन्त्रीको मात्र शिर ठाडो हुने हो होइन तीन करोड नेपालीकै छाती गर्वले फुलेको हुन्छ त्यसैले समाज बदल्नु छ सार्वजनिक रुपमा खरो टिप्पणी नगरौ सिधा खबरदारी गरौ बाटामा रोकेर सांसद मन्त्रीहरुलाई गाली गरौ हिजो गरेका बाचा प्रतिवद्धताहरु सम्झाउ गलत कुराहरुको प्रशयलाई रोक्न आग्रह गर्दै सार्वजनिक मन्चबाट गाली गरौ भाषण गरौ सिंहदरवारको गेटमा गएर मन्त्रीको गाडी रोक्ने अधिकार यहाँहरुलाई छ तर कृपया यहाँहरुको एक बोली एक लेखेले जनतामा आशा नैराश्यता र नकारात्मक प्रदान गर्ने हुन्छ। विदेशीहरुको दृष्टिकोण पनि यहाँ हरुको लेखाईमा भर पर्छ जे छ यथार्थ हो त्यहि भनिदिनुहोस नराम्रो लाई राम्रो नभन्नुस गलतलाई सहि भन्दै नभन्नुस नकारात्कतालाई त्यागौ सकरात्मकताका साथ् अगाडी बढौ नेपाल बनाउनको लागी यहाहरुको पनि योगदान रहने छ। कसैको चस्मा लगाएर हैन स्वतन्त्र रुपले आफ्नै आखाले हेर्नुस नेपाल बन्दैछ पक्कै बन्छ हाम्रै पालामा बन्छ कहिँ कतै जानै प्रदैन आफ्नै देशलाई हेरे हुन्छ समृद्धि हामीले नै ल्याउने हो सुखी हामी नै बन्ने हो ।
सबैभन्दा गम्भीर कुरा नकारात्मकतालाई बढावा दिने काम हामी जिम्मेवार ब्याक्तिहरुबाटै भएको छ । राज्यको सम्पूर्ण कार्य सम्पादन गर्ने जिम्मा लिएर बसेका कर्मचारीतन्त्र जहिले पनि नकारात्मक संदेश दिन उद्देलित छन् भन्ने संदेश आम जनमानसमा व्याप्त छ ।

सचिव ज्यु, तपाई आफै भन्नुस तीन दिन गाउँबाट ॠण खोजेर काठमाडौँसम्म मन्त्रीलाई भेट गर्न आएको सर्वसाधारण छ जुन व्यक्ति मन्त्रीसंगको एक भेट पछि घर फर्किने आशामा रात्रीबसको टिकट लिएको छ र मन्त्री ज्यु को कार्यकक्षको अगाडी बिहानै ९/१० बजे देखि कुरी बसेको छ। तपाई दिनमा ५/६ पटक तलमाथी गर्नुहुन्छ तपाईको लागी मन्त्रीको कार्यकक्ष सामान्य छ न तपाईलाई भित्र पस्न अनुमति चाहिन्छ न बाहिर निस्कन किनकि ढोकामा बसेका सबै कर्मचारी तपाई मातहत हुन्। तर त्यो एउटा मान्छे मन्त्रीलाई भेट गर्न नपाई गाउँ फर्किन्छ। अब मान्नु हुन्छ तपाइँका कारण त्यसले सिंहदरवारको सम्पूर्ण नकारात्मक संदेश लिएर गाउँ जान्छ र उसले भन्छ फलानो मन्त्री यस्तो फलानो पार्टी यस्तो भन्छ जुन कुरा मन्त्रीलाई थाहा हुदैन तर तपाईको कारणले सरकार र पार्टी बदनाम भएको छ। तपाई भन्नुस मन्त्री मन्त्रालय आएपछि कुन ट्राभल्सबाट टिकट काट्नुपर्छ जुन हिजो देखि चल्दै आएको थियो आज पनि चल्दै छ। तपाईलाई के मतलव २/४ पैसा बढी गएर के यो राज्यको जाने हो के तपाईले निवासमा लगेर फाईल सदर गराउदा सकारात्मक संदेश जान्छ कृपया एक पटक हिजो के के भए के गर्नुभो सोहि कुरा नदोहोर्याउनुहोस अब भाबी पुस्ताका लागी सोचौ देश तपाईहरुको हातमा छ। राम्रा नराम्रा कामहरुको फेहरिस्त मन्त्रीलाई दिउ बाहिर घरमा बसेर नकरात्मक कुरालाई समाजमा नदेखाउ यो स्वाणिम अवसर हो यो कहिल्यै आउदैन यो देश बन्दा केपी ओली र मन्त्रीको मात्र छाती ठुलो हुने होइन तपाईले ढोकामा रोकेका मतदाताको पनि हुने तपाईको पनि हुने हो बिदेशमा जादा तपाई हामीले पाइने आतिथ्यता राज्यले पाउने हो त्यसैले सेवा दिनेले कर्तब्य राम्रोसंग निर्वाह गर्नुहोला कलम हातमा हुनेहरुले पनि कृपया सकारात्मक मात्र लेख्नुहोला देश बन्छ बन्दै छ र बनाउनु पर्छ ।

सबै कुराबाट जस अपजस को भारी घर मुलीलाई हुन्छ त्यसरी नै नकारात्मक सोचको लागी वर्तमान सरकारले पूर्ण रुपमा जिम्मा लिनुपर्छ काम कति भए कति हुदैछन होलान आज नभए भोलि होलान नभए पर्सि होलान कति देखिने गरी भए होलान कति नदेखिने गरी भए होलान देश सोचे भन्दा राम्रो बाटोमा गएको छ। नगए जाने छ सो यो कुरा बहसको बिषय भएन बहसको बिषय त सरकारबाट पनि नकारात्मक सन्देशको प्रवाह भएको छ।
नयाँ नेपाल बनाउने भन्नु हुन्छ के तर तपाईहरुको सचिवालय तलव भत्ता खुवाउन बनाईएको हो वा सरकारका काम कारबाहीमा सहयोगीको लागी राखिएको हो । सचिवालयमा बस्ने ब्याक्तिहरुसंग सम्बन्धित मन्त्रालयको प्रारम्भिक ज्ञान हुनु आवश्यक छ कि छैन यहाहरु आफै भन्नुहोस यहाँहरुको पछि लाग्ने जमात जति छ राष्ट्र बनाउन पर्छ भन्ने पनि उत्तिकै छ। डोको भएर मात्र हुदैन बोक्नका लागी नाम्लो पनि आवश्यक छ। चुनावमा प्रयोग गरेर मात्र हुदैन चुनावमा उचित ठाउमा कार्यकर्ताको व्यवस्थापन पनि हुनु जरुरि छ। दर्शक दीर्घामा बसेर भाषण गर्न त सम्भाव छैन तसर्थ यहाँहरुको सचिवालयका व्यक्तिको क्षमता कार्यदक्षता कार्यसम्पादन कार्यदक्षता अपरीपक्कता उचित जवाफको अभावले देशमा नकारात्मक संदेश प्रवाह भएको छ। सपना देख्नुपर्छ सपनाहरु पुरा हुन्छन। भन्ने पनि छैन तर सपना देख्न जति सजिलो छ त्यति पुरा गर्न हुदैन हिजो आवाश्नन धेरै दिइयो समय कति नै भएको छ र बल्ल एक बर्ष त भएको त तर हामी पुरा गर्छौ भनेर किन जनतासंग भन्न सक्नुहुन्न कार्यकर्तासंग किन खुलेर भन्न सक्नुहुन्न ? आलोचना किन सुन्न सक्नुहुन्न कृपया तपाईहरु त पात्र हो के नै हुन्छ र तपाईहरु नहुदा पठाउनेले अर्को पात्र पठाउला तर अब जनतालाई निराश नबनाउनुहोस् आशाले रोगी लाई पनि सन्चो हुन्छ राम्रो कुरा गर्ने हो भने त्यसैले कृपया यहाहरुले गर्ने व्यवहार कृयाकलापले नकारात्मक संदेश प्रावाह भएको छ। तसर्थ यहाहरुको सोचले समाजमा सकारात्मक संदेश प्रवाह गर्ने भने दुई बर्ष होइन एक बर्षमा देशले कोल्टे फेर्ने मात्र हैन उठन सक्छ अगाडिको लागी सम्पूर्णमा शुभकामना

लेखक गौतम सुनौलो नेपालका प्रवन्ध निर्देशक हुन्

शुक्र, फाल्गुन १०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस