भारत र पाकिस्तान कसको शैन्य शक्ति कति

कस्मिर पुलवामा जिल्लामा गत फेब्रअरी १४ मा भएको आत्मघाती आक्रमणपछि त्यहाँ धेरैको ज्यान गइसकेको छ। एकपछि अर्को विस्फोट र सशस्त्र संघर्ष त्यहाँ मृत्युको कारण बनेको छ। हिंसाले त्यो क्षेत्रको जनजीवन त्रसित छ। सन् २०१८ मा कस्मिरमा अहिलेसम्मकै सबैभन्दा बढी मानिस मारिए। मारिनेमा आम नागरिक, सुरक्षाबल र आतंकवादी थिए।

भारतीय सेनाले गरेको हमलासँगै भारत र पाकिस्तानवीचका तनाव बढेको छ । दुवै देशले सम्भावित युद्धलाई लिएर आ–आफ्नो तयारी शुरु गरेका छन् । ७७८ किलोमिठर लामो नियन्त्रण रेखामा दुवै पक्षले सैनिक सख्या बढाएका छन् । दुवै देशले हतियार भण्डार पनि बढाएका छन् । मानौं, यो तयारी हेर्दा युद्ध चाडै शुरु हुँदैछ भन्ने देखाउँछ । भारतीय मिडिया रिपोर्टलाई आधार मान्ने हो भने आजका दिनमा पाकिस्तानसँग भन्दा भारतको सैन्य शक्ति धेरै छ ।भारतसँग १३ लाख २५ हजार जवान छन् । रिर्जव र अर्धसैनिक बल गरेर भारतमा ४७ लाख ६८ हजार ४०७ सैन्य जनशक्ति छ ।पाकिस्तानसँग जवानको सख्याँ ६ लाख १७ हजार छ । रिर्जव र अर्धसैनिक बल गरेर पाकिस्तानमा १४ लाख ३४ हजार सैन्य जनशक्ति छ भारतसँग टी–७२ युद्धक टैंक २४१४ वटा छन्  टी–९० टैंक ८०७ छन्  अर्जुन एमके–२ टैंक २४८ वटा छन्  ट–५५ टैंक ५५० छन्

पाकिस्तानसँग ५०० मुख्य युद्धक टैंक अल खालिद छन्  ३२० वटा टी८० टैंक छन्  १३०० वटा अल जरार ८२–२ टैंक छन्  जमिन र पानी दुवैमा चल्ने ५० टैंक छन् भारतीय वायुसेना संसारको चौथो ठूलो मानिन्छ  वायुसेनामा सैन्य अधिकारी र कर्मचारी १ लख २७ हजार छन् । सेवामा सक्रिय विमान १७ सय ८५ छन्  एयरवेस ६० वटा छन्

पाकिस्तानसँग सैन्य अधिकारी र कर्मचारी ६५ हजार छन्  सेवामा सक्रिया एयरक्राफ्ट ८४७ छन र एयरवेस ९ वटा छन् भारतीय सेनाका एयरक्राफ्टमा सवैभन्दा खतरनाक ४ दशमलव ६ जेनेरेशन विमान सुखोई हो । भारतले यी विमान रुसबाट खरिद गरेको हो भारतसँग २०० सुखई विमान छन् । यसबाहेक ३६ मिराज, ९० जगुआर, ४८ मिग–२९, ६५ वटा मिग–२७ र बाइसन फाइटर विमान छन् ।

पाकिस्तानसँग १२० चेंदगु एफ–७ पी एयरक्राफ्ट छन् । ६० एफ–७ पीजी लडाकु विमान छन्  १५० वटा मिराज फाइटर्स छन् । ३० वटा जेएफ–१७ थंडर लडाकु विमान छन् । ५४ वटा एफ १६ अमेरिकी लडाकु विमान फाल्कन छन् भारतसँग जलसेनाका १५ पानी जहाज छन् । परमाणु हतियारसहितका पानीजहाज पनि छन् ।पाकिस्तानसँग ६ वटा पानी जहाज छन् ।

 

बुध, फाल्गुन १५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस