नेपाल आमा रोएको दिन, कसरी भनौ रबिन्द्र अधिकारीलाई अल बिदा !

२०२६ साल बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मनु भएका सस्कृति पर्यटन तथा नागरीकमंत्री उड्यन मन्त्री रबिन्द्र अधिकारीको पाथीभरा माताको दर्शन पश्चात काठमाडौँ फर्किने क्रममा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा उहा सहित सवार सातै जनाको दुखद मृत्यु भएको छ।
सो दुर्घटनामा अधिकारी संगै अर्का जुजारु पर्यटन व्यवसायी आङ छिरिंग शेर्पासंगै कर्तब्य परायणको शिलशिलामा मृत्यु वरण गर्नुभएका सबै मृत आत्माको चीर शान्तिको कामना साथै यो अत्यन्त दुखद घडीमा शोक सन्तप्त परिवार, शुभचिन्तक सिंगो पार्टी सरकार पोखरेली जनता र एउटा आशालाग्दो सपुत गुमाएकी नेपाल आमाप्रति धैर्य धारण गर्न सक्ने शक्ति इश्वरले प्रादान गरुन ।
११ बर्षकै उमेरमा तत्कालिन पंचायती निरङ्कुशता बिरुद्ध बुलन्द आवाज उठाउन थालेका अधिकारी पछी २०४४ सालमा सालमा पृथ्वी नारायण क्यामपसको कमिटि अध्यक्ष भएका थिए । सानैदेखि प्रतिभाशाली र क्षमतावान व्यक्तित्वका धनि अधिकारीले १९ बर्षकै उमेरमा माध्यमिक तहको शिक्षकको रुपमा अध्यापन समेत गराएका थिए ।त्यसपछि ०४५ सालमा स्ववियु सदस्य हुदै जिल्ला अध्यक्ष गण्डकी अंचल अध्यक्ष केन्द्रिय सदस्य हुदै नेपालकै धेरै बिद्यार्थीले अध्यन गर्ने पृथ्वी नारायण क्यामसको स्ववियु सभापति सम्म भएका थिए ।

२०५६ सालसम्म आउदा ३० बर्षकै कलिलो उमेरमा उनी अनेरास्ववियुको केन्द्रीय अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भएका थिए । अधिकारीले पछी प्राध्यापक बिद्या भट्टराईसंग बिबाह गरेका थिए । स्व. अधिकारीका दुई छोरा छन् उनी परिवारका जेठा सदस्य हुन् भने उनका दुई भाईहरू बिदेशमा छन् ।

तत्कालिन व्यवस्था बिरुद्ध ४ पटक हिरासतमा परेका मन्त्री अधिकारी राजनैतिक बन्दीको रुपमा ०४६ सालमा कास्कीमा ९ महिना जेल बसेका थिए त्यसपछिका परिवर्तनहरुमा नेतृत्वदायी भूमिकामा रहेका मन्त्री अधिकारी ०६४/७० सालको सबिधान सभाको सदस्य भै सबिधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसपछी ०७४ सालको आम निर्वाचनमा उनले आफ्ना प्रतिद्वन्दीलाई ९ हजार मतको भारी मतान्तरले पराजित गर्दै आम नेपाली जनताको एउटा आशालाग्दो निधिको रुपमा उदाएका थिए ।
जनतामा लोक प्रिय बनेका अधिकारीलाई सम्वृद् नेपाल निर्माणका लागी सारथीको रुपमा हालका प्रधानमन्त्री केपो शर्मा ओलीले नै उनलाई छानेर सस्कृति पर्यटन तथा नागरीक उड्यन मन्त्रीको जिम्मेवारी दिएका थिए । जुन जिम्मेवारीलाई उनले शुरु देखि नै कुशलता पुर्वक निर्वाह गर्दै एउटा आशालाग्दो मन्त्रीको रुपमा काम गरेका थिए । पछिल्लो समय निकै सुस्ताउन थालेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम उनले जिम्मेवारी सम्हालेपछि २३ प्रतिशतबाट चमत्कारीक रुपमा तिब्र वृद्धि गर्दै उनले नै ७० प्रतिशत पुर्याएका थिए । तर बिडम्बना भैरहवाबाट अन्तरराष्ट्रिय जहाज उडाउने उनको सपना आफ्ना आखाले हेर्न नपाई यो संसारबाट सदाको लागी बिदा भए ।

बिकास र सम्वृद्धिको हूटहुटीले आम जनमानसमा लोकप्रिय अधिकारीले शिक्षामा भैरहेको निजीकरणको बोइरोध होस् वा प्राबिधिक शिक्षाको गुणस्तर बढाउने काम होस् सधै अग्रपंतिमा रहेर खेलेको भूमिका होस् वा कालापानी मिचिएकोमा भएको बिरोधको नेतृत्व गर्ने देखि एकलौटी रुपमा भारतले बनाएको लक्षमनपुर बाधको बिरोध होस् वा पाच लाख भन्दा बढी बिद्यार्थीको हस्ताक्षर राजदबारमा पारस शाहको बिरोधमा बुझाउने देखि बिद्यार्थीहरुलाई सार्वजनिक सवारी साधनमा ३३% छुटको ब्यावस्था मिलाउने होस् यी सबै आन्दोलनको नेतृत्वमा रहेर उनले आम नेपाली जनमानस बीच लोकप्रिय थिए र रहिरहने छन् ।

बिद्यार्थी राजनीतिक जीवनमै निम्न आए भएका बिद्यार्थीहरुको लागी कोचिंग पुस्तकालय सरसफाई खेलकुद सास्कृतिक कार्यक्रम नाट्य प्रदर्शनी लगायतको माध्यमबाट युवाहरुलाई संगठित गरी संगठन बिस्तारमा महत्वपूर्ण भूमिका खेलेक कारण उनी संगठन बिस्तारमा समेत एक महत्वपूर्ण खेलाडी थिए । जुन इतिहासका पानामा सधै स्वर्णिम अक्षरले लेखिने छ । राजनैतिक लेखनमा रुची राख्ने अधिकारीका सबिधान सभा लोकतन्त्र राज्य पुनसंरचना समृद्ध नेपाल कृति लगायत बिभिन्न समसामयिक बिषयमा लेखहरु प्रकाशित छन् ।
यो ब्रहमाण्डमा धुर्व सत्य धेरै छन् तर सत्य एउटा मात्र छ त्यो हो मृत्यु जुन कुरा सबैले नचाहदा नचादै पनि स्वीकार्नुपर्छ जुन कुरा अधिकारीले पनि भोगे संसारमा मानिसलाई सबैभन्दा धेरै डर केहीमा लाग्छ भने त्यो मृत्युसंग मात्र हो त्यसैले उनले पनि डरका बाबजुत त्यसलाई स्वीकारे र हामी माझबाट बिदा भए ।

स्व अधिकारीको यो राज्यलाई कति खाँचो थियो उनको अभाव कसले पूर्ति गर्न सक्ला त्यो यहाँ लेख्न सम्भव छैन मेरो ब्यक्तिअगत बिचारलाई अभिब्कत गर्दा हामीले एउटा असल राष्ट्रवादी स्पष्टवक्ताका साथमा एउटा सम्पूर्ण नेपालीका आशा भरोशाका केन्द्रलाई गुमाउनु पर्दा मेरा मात्र हैन सबै नेपालीका नयन आशुले भिजेका छन् । त्यहि भिजेका नयन र बिचलित मनले प्रण गर्दै जतिबेला हामीले उनको पदचापलाई पछ्याउने काम गर्नेछौ त्यतिबेला मात्र उनीप्रतिको हाम्रो सच्चा श्रदा अर्पण हुनेछ ।
जुन आमाको आज कोख रित्तिएको छ जुन बुवाको आज एक धारका रगत मेटिएको छ जसको आज सिन्दुर पुछिएको छ जसको आज बाट सदाको लागी बुवा भन्ने शब्द खोसिएको छ बहिनि र भाइहरुको दाजु शब्द हराएको छ तपाई हरुको मात्र होइन हामी सबैको पिडा तपाईहरुसंग जोडिएको छ तपाईहरुको दुखमा हाम्रो साथ् छ स्व अधिकारी तपाईहरुको मात्र नभई हामी सबैको प्रिय साझा सम्पति हुनुहुन्थ्यो त्यसैले आज सबैका आखा रसाएका छन् सबैको टाउको भारी भएको छ । पिडा सबैलाई असह्य भएको छ पिडा र सुख कहिले पनि साथमा आउदैनन त्यसैले स्व रबिन्द्र अधिकारीका अनुयायीहरुले यहाँहरुको आशु पक्कै पनि पुछ्ने छन् यति कुरामा गर्व गर्नुस हजुरहरुको मात्र कोख रित्तिएको छैन आज नेपाल आमाकै कोख रित्तिएको छ । सारा नेपाली स्तब्ध छन् कसरी भनौ स्व रबिद्न अधिकारीलाई अल बिदा तर सत्यलाई स्विकार्दा भन्ने कर लाग्छ अल बिदा !!!

लेखक शम्भु गौतम सुनौलो नेपालका निर्देशक हुनुहुन्छ

बुध, फाल्गुन १५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस