हेलिकप्टर दुर्घटनाका मृतकलाई भेटेर प्रचण्डले गरे पिडा सम्हाल्न आग्रह (फोटो सहित)

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  हेलिकप्टर दुर्घटनामा परी निधन हुनभएका संस्कृति पयर्टन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्र अधिकारीका पिता इन्द्रप्रसादसहित परिवारलाई भेटेर गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन हुनुभएकाहरूका अन्य  परिवारजनलाई पनि भेट गरी समवेदना प्रकट गर्नुभएको छ ।  व्यवसायी अाङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई भेटी समवेदना दिनुभयो ।

बिहिबार बिहान दाहाल  परिवारलाई भेट्न मन्त्री निवास पुल्चोक पुग्नुभएका अध्यक्ष प्रचण्डले अकल्पनीय दुःखद् घडीमा सम्हालिन आग्रह गर्नुभयो ।

दुर्घटनाको खबरलगत्तै रबिन्द्रका पिता इन्द्रप्रसाद र माता लक्ष्मीदेवी पोखराबाट हेलिकप्टरमा काठमाडौं आउनु भएको थियो । काठमाडौंमै रहेकी श्रीमती विद्या भट्टराई त्रिविविमा प्राध्यपनरत हुनुहुन्छ ।

बिहि, फाल्गुन १६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस