राष्ट्र गुरु योगी नरहरिनाथ प्राकट्टय दिवश आज नेपालभरि रहेका नरहरिनाथ आश्रममा विभिन्न कार्यक्रम गरि सम्पन्न गरियो

चितवन, फागुन १७
आशा खरेल
राष्ट्र गुरु योगी नरहरिनाथ प्राकट्टय दिवश आज नेपालभरि रहेका नरहरिनाथ आश्रममा विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ । उहाँको आज प्राकट्टय र ब्रह्मलिन तिथी पारेर सो कार्यक्रम गरिएको हो । सोहि अवसरमा आज देवघाटमा रहेको श्री वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रममा पनि कार्यक्रम गरिएको हो । हवन तथा पाठ पारायण गरि सुरु गरिएको कार्यक्रममा बृहत आध्यात्मिक परिषद् मृगस्थली काठमाण्डौका वरिष्ठ उपाध्यक्ष योगी व्याघ्र वेदनाथ प्रमुख अतिथी रहनु भएको थियो । उहाँले सामाजिक कार्यमा जो कोहि तत्पर भएर लागिरहन्छ उ सदा अम्मर रहने बताउनुभयो । एकलाई दुख पर्दा सबै मिली सहयोग गरेमा यहि जन्ममा धर्म प्राप्ति हुने उहाँको भनाई थियो । थोपा थोपा रकम संकलन गरि पुन्य कार्य गर्नको लागि सबैलाई आग्रहसमेत गर्नुभयो । सोहि कार्यक्रममा साल्ट टे«डिङ्ग कर्पोरेशन चितवन शाखाले फ्रेबरुरि महिनालाई आयोडिन दिवशको रुपमा देशैभरि आयोडिन सम्बन्धी जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ । उक्त अवसरमा आज अन्तिम दिन देवघाटमा रहेको योगी नरहरिनाथ सँस्कृत्तम गुरुकुलम्का ११ जना विद्यार्थीहरुका लागि व्याग वितरण, गाईको लागि १ बोरा आयोडिन नुन, गाई वस्तुको संरक्षण गरिरहेका व्यक्तिहरुका लागि टिसट र त्यहाँ बस्ने व्यक्तिहरुका लागि चिनी र चियापत्ति वितरण गरिएको हो । बिशिष्ठ अतिथी साल्ट टे«डिङ्ग कर्पोरेशन चितवन शाखाका प्रमुख वुद्धिविनोद दाहालले शुभकामना मन्तव्य राख्दै आयोडिनको कमीबाट हुने विक्रृती र त्यसबाट बचावटका उपायहरु सम्बन्धी जनचेतना मूलक कार्यक्रम गरिएको बताउनु भएको छ । गुरुकुलमका निर्वृत शिक्षक हरिशर्मा रेग्मीले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा श्री योगि नरहरिनाथ सँस्कृत्तम गुरुकुलमका प्राचार्य योगाचार्य यदुनाथ पोखरेलले सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रम श्री बागिश्वरी आध्यात्मिक परिषद् योगि नरहरिनाथ आश्रमका निर्वतमान अध्यक्ष शान्ता प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

शुक्र, फाल्गुन १७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस