पाइलटले म उडदिन भनेको अवस्थामा कसको दबाबले किन उडाइयो खोजी हुनुपर्छ – क्याप्टेन विजय लामा (भिडियो सहित)

नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन तथा प्रवक्ता विजय लामाले मन्त्री रबिन्द्र अधिकारी सहित सात जना सवार हेलिकप्टर दुर्घटना अघि पाइलटले एटिसी अफिसर ताप्लेजुंगसंगको  अन्तिम सम्बादमा मौसम खराब छ अहिले हामी उड्दैनौ म उड्दिन भनेका थिए पछी कसको दबाबले किन उडाइयो यसको खोजी हुनुपर्ने बताएका छन् ।

हिउ परेको भिजिबिलिटी कम भएको  अवस्थामा कसले र किन जहाज उडाउन दियो भन्दै पाइलटहरु कसैको दबाबमा पर्न नहुने समेत बताएका छन् ।

फरक प्रसंगमा कुरा गर्दै क्याप्टेन लामाले रबिन्द्र अधिकारी वाइडबढीमा निर्दोष भएको समेत बताएका छन् । जतिबेला उहाँ आउनु भो त्यतिबेला जहाज ल्याण्ड भैसकेको थियो तर उहाँलाई अनेक षड्यन्त्र गरीयो मन्त्री अधिकारी जस्ता केहि गरौ भन्ने ब्याक्ति पाउन धेरै गाह्रो भएको समेत उनले बताए ।

हेर्नुहोस सुनौलो नेपालसंगको कुराकानी

आइत, फाल्गुन १९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस