पर्यटनमार्फत आय बढाउने कार्यमा सरकार लागि परेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाई

काठमाडौं, फागुन २६ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पर्यटनमार्फत आय बढाउने कार्यमा सरकार लागि परेको बताएका छन् ।

भिजिट नेपाल २०२० मा २० लाख पर्यटक ल्याउने गरी काम गरिरहेको पनि उनको भनाइ छ ।

ट्राभल हिमालय म्यागेजिनको २०औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री ज्ञवालीले गत वर्ष १२ लाख पर्यटक भित्रिएका र त्यसैको आधारमा भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन सकिने बताए ।

आगामी लगानी सम्मेलनमा पर्यटन क्षेत्रको पूर्वाधारमा लगानीमैत्री वातावरण बनाउने भन्दै पर्यटन क्षेत्रले गरिबी निवारणमा योगदान पु¥याउँदै आएको उनले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले भिजिट वर्ष २०२० सफल बनाउन सबैै क्षेत्रको सहयोग आवश्यक पर्ने बताए ।

आइत, फाल्गुन २६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस