मसाल महामन्त्री मोहनबिक्रम सिंहलाई खुला पत्र भाग ४

क. महामन्त्री,
नेकपा(मसाल)
अभिवादन ।

महामन्त्री कमरेड, तपाइमा देखिएको वैचारिक स्खलनले आज नेकपा(मसाल) को भविष्यप्रती गम्भीर समस्या पैदा भएको छ । विगतमा स्व्यम तपाईं आफैले स्विकार गरेका मूल्य-मान्यताबाट तपाइमा आएको त्यो परिवर्तनले समस्या बनाएको हो ।

विचारमा स्खलनसङ्गै तपाइको पार्टीमा आर्थिक पारदर्शिता नभएको पनि स्पष्ट भएको छ । पार्टीको आर्थिक नियमावलीले व्यवस्था गरेको पद्धतिलाई पुरै ध्वस्त गरिएको छ । पार्टीको आठौं महाधिवेशनको लागि प्रकाशित दोश्रो फोरम तपाइको निगरानी र अनुमतिमा नै प्रकाशित भएको होला । त्यसमा प्रस्तुत गरेका कैयौं तथ्यहरुले त्यसलाई स्पस्ट गर्दछ । मैले यस भन्दा अगाडि लेखेको पत्रमा उल्लेख गरे छु कि तपाइका विश्वास पात्रहरुले नै मैले पाएका सुचनाहरु चुहाएका थिए । अहिले पनि त्यो प्रकारको आर्थिक विषय फोरममा नै उल्लेख गर्ने काम पनि तपाईंको निर्देशनामा नै भएको त पक्कै होला ।

एकातिर नियमहरु बनाउने, अर्कोतर्फ ती नियमहरुलाई लागू नगर्ने व्यबहारले मसालमा आर्थिक अराजकता देखिएकोमा दुई मत छैन । त्यसरी आर्थिक अराजकता स्वयम महामन्त्रीबाट नै भएको शंका गर्ने ठाउँ छ ।

त्योसङ्गसङ्गै महाधिवेशनमा तपाइले आफ्नो बहुमत पुर्‍याउन जुन हर्कत गर्दै आउनुभएको छ र निरन्तरता दिनुभएको छ, त्यसले विचारको आधारमा तपाईं ले कति सम्म दमन गर्नु हुन्छ भन्ने झल्को दिएको छ ।

मैले खुल्ला पत्र भाग-३ मा तपाइले आफ्नो श्रीमती मार्फत पार्टीलाई सहयोग पुग्ने नाममा ठगी कार्यमा गरेको उपयोगको सार्वजनिक रुपमा तपाइको स्पष्टीकरण मागेको थिए, तर तपाइलाई त्यस सम्बन्धमा निकै भए पैदा भएकोले र त्यसले महाधिवेशनमा समेत असर गर्न सक्ने सम्भावनाको कारणले तपाइ चुपचाप बस्नुभएको छ । त्यो पनि एउटा आर्थिक अराजकता नै हो । त्यसलाई ढाकछोप गर्नु तपाइको गम्भीर गल्ती हो ।

भुकम्प पिडितलाई भनी विभिन्न स्थानबाट प्राप्त रकमलाई सापटीको रुपमा प्रयोग गर्ने, भुकम्प पिडितहरुलाई आएको रकमको सहयोगलाई पुस्तिकाको रुपमा सार्वजनिक गर्ने भनेर आजसम्म किन गरिएन महामन्त्री कमरेड । पुस्तिकाको रुपमा त समय अभावको कारण गर्नुभएन होला, ठिक छ । तर, भुकम्प पिडितलाई विभिन्न स्थानबाट आएको सहयोगलाई सापटीको रुपमा प्रयोग गर्नु आर्थिक अराजकता र अपारदर्शीता नै हो । भुकम्प पिडितहरुलाई आएको रकम त्यसरी प्रयोग गर्नु अनैतिक कार्य हो ।

एक महिना भन्दा बढी पार्टीको रकम कोहि कसैले राख्न नपाइने पार्टीको निर्णय विपरित बर्षौसम्म त्यो रकम राख्ने, पार्टीमा फिर्ता नगर्ने र अन्तमा मिनहा गर्ने परिपाटीले गर्दा पार्टीमा गम्भीर प्रकारको आर्थिक अनुशासनविहिता सृजना भएको कुरामा शंका रहन्न। त्यस प्रकारको स्थिती सृजना गर्ने महामन्त्रीले बढी अनुशासनको फुर्ती लगाउन त्यति सोभनिय छैन ।

तपाइका नेताहरुले र स्वयम् तपाइले पनि पार्टीको आर्थिक नियमावली कार्यन्वयन नगर्ने गरेकोले पार्टीको सम्पत्ति दुरुपयोग मात्र भएको छैन, टाठाबाठाले दोहोरो सुविधा लिने र इमानदार र सोझा कार्यकर्ताले बाटो खर्च पनि नपाउने अवस्था सृजना गरेर इमान्दार क्याडरहरु लाई निराश बनाएर निश्क्रीय बनाइएको छ । यस प्रकारको आर्थिक आर्थिक अराजकताले पार्टीलाई क्रान्तिकारी होइन, तपाइले अङ्गालेको दक्षिणपन्थी दिशामा लैजान्छ।

महामन्त्री कमरेड, तपाइका कैयौं गलत चिजहरुलाई तपाइको निजि इमेलमा पठाउन सक्थे । तर तपाइले अङ्गालेको विचार र कार्यदिशाले र यो प्रकारको आर्थिक अपारदर्शीताले पार्टीलाई तपाइले निजि कम्पनीको रुपमा प्रयोग गरे पछि यी सबै चिजहरु सार्वजनिक गर्न बाध्य छु । लाग्ला यो त हाम्रो पार्टी विरोधी हो । वास्तवमा पार्टी विरोधी म होइन, तपाईं नै हो भन्ने मेरो ठहर छ । बाकी कुरा पत्र भाग-५ मा लेख्ने गरेर विदा माग्दछु । धन्यवाद ।

उहीँ तपाइको पुर्व कार्यकर्ता

सुप्रीया ।

२०७५ चैत्र ५ गते ।

 

बिहि, चैत्र ७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस