नेकपा मसालका पुर्बी क्षेत्रका कमान्डरलाई कारबाही

चैत्र ८  काठमाडौ ।नेकपा(मसाल) को हालै सम्पन्न केन्द्रीय समितिको वैठकले नेकपा(मसाल) का केन्द्रीय सदस्य, पुर्वी कमिसार युवा नेता सुरेन्द्र भण्डारीलाई पार्टीबाट ६ महिनाको लागि निलम्बन गरेको छ । नेता भण्डारीलाई गरिएको कारवाही पछि आसन्न मसालको आठौं महाधिवेशनमा जानबाट रोकिएको छ ।

भन्डारी नेकपा(मसाल) को अल्पमत पक्षका नेता हुन । पार्टी महामन्त्री मोहन बिक्रम सिंहले अल्पमत पक्षका नेता कार्यकर्तालाई विना आधार शंकाको आधारमा कारवाही अभियान चलाउदै आएका छन । केही समय पहिला पार्टीका केन्द्रीय सल्लाहकार तथा रक्तिमका अध्यक्ष जीवन शर्मालाई कारवाही गरिएको थियो । जीवन शर्मा पनि अल्पमत पक्षका नेता थिए ।

पार्टीमा विचार राखेकै आधारमा कारवाही गरेर महामन्त्री मोहन बिक्रम सिंहले आठौं महाधिवेशनमा आफ्नो बहुमत पुर्‍याउने प्रयास गर्दै आएका छन । नेकपा(मसाल) कार्यकर्ताले अल्पमत पक्षलाई समर्थन गरेको अवस्थामा कृतिम बहुमत सृजना गरेर महाधिवेशनमा बहुमत पुर्‍याउने र अल्पमत पक्षका नेताहरुलाई जिम्मेवारीबाट हटाउने तयारी मसाल महामन्त्री मोहन बिक्रम सिङको रहेको उनका सहयोगीहरुले बताउँन थालेका छन ।

पार्टीका सुचनाहरु आफै बाहिर लैजाने, ती सुचनाहरु अल्पमत पक्षकाले बाहिर लगेको हुन भनेर अनावश्यक बखेड झिक्ने काम महामन्त्री मोहन बिक्रमले गर्दै आएका छन । पार्टीका मतभेदहरुलाई लेखहरु मार्फत आफै सार्वजनिक गर्ने र अनुशासनको उलंघन गर्ने अनि दोष जति अल्पमत पक्षलाई लगाउने महामन्त्रीको कार्यशैलीले पार्टीमा उर्जावान नेता कार्यकर्तालाई स्तब्ध बनाएको मसाल श्रोतको दाबी छ ।

 

शुक्र, चैत्र ८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस