धमाधम नेता कार्यकर्ताहरु विप्लपको साथ छोड्दै, नेकपामा पार्टी प्रवेशको लहर नारायणकाजीले गरे स्वागत

गोरखा : अराजैनैतिक क्रियाकलाप गर्न थालेको विप्लप समुहका गतिबिधि माथी सरकारले कडा कदम चाल्न थालेपछी सो समुहका नेता कार्यकर्ता धमाधम नेकपामा प्रवेश गर्न थालेका छन्।

गोरखामा नेतृत्वको नेकपा निकट युवा संगठन जिल्ला संयोजक भोला भुजेल सहित तीन जना जिल्ला कमिटी सदस्य सहितले शनिबार सत्ताधारी नेकपामा प्रवेश गरेका हुन्।

गोरखा पुगेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा संगठन संयोजक भुजेल, जिल्ला सदस्यहरु विशाल गजुरेल र भरत कोइरालालाई खादा र टीका लगाएर पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् ।

पार्टी परित्याग गर्दै प्रतिबन्धित र गैराजनैतिक पार्टीमा लागेर समय बर्बाद नगर्ने बताउदै समाजमा खुल्ला राजनीति गर्न अब नेकपा मार्फत आउने युवा संयोजक भुजेलले बताए।

यसअघि एनसेल टावरमा आगजनी गरेको आशंकामा पक्राउ परेका विप्लव पार्टीका कार्यकर्ता दीपक बोहोराले पनि पार्टी परित्याग गरेका छन्।

शनि, चैत्र ९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस