यसरी पक्राउ परेका थिए बिरामी फाल्ने ड्राइभर, परी तामांग जस्ता बिकृति फैलाउनेलाई कडा कारबाही- डिएसपी बोगटी

सामान्य मानवीयता समेत नदेखाएर ट्याक्सी ड्राइभरले बिरामी यात्रुलाई झिकेर फालेको भिडियो शुक्रबार सामाजिक संजालमा एकाएक भाइरल भयो उक्त भिडियोको दृश्यमा ट्याक्सी चालकले यात्रुलाई जबरजस्ती गाडीबाट निकालेर सडकमै अलपत्र छाडेर हिडेका छन् ।

बिरामी यात्रुलाई बीच बाटैमा फालेर हिडेको दृश्य सीसीटीभी फुटेजमा कैद भएको थियो । त्यसकै आधारमा महानगरीय प्रहरी वृत्त, गौशालाको प्रहरी टोलीले बा १ ज ३८५१ नम्बरका ट्याक्सी चालक कमलबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।

यसै बिषय र अन्य केहि समसामायिक बिषयमा मा हामीले काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी होविन्द्र बोगटी संग कुराकानी गरेका थियौ हेर्नुहोस डिएसपी बोगटीसंग सुनौलो नेपालले गरेको कुराकानी

शुक्र, चैत्र १५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस