बैदेशिक रोजगारको नाममा ठगी गर्ने अलपत्र पार्ने बिरुद्ध मन्त्रालयमा सिधै गुनासो गर्न पाइने (भिडियो सहित)

१८ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टरको शुरुवात गरेको छ

बैदेशिक रोजगारीबारे गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याइएको मन्त्री बिष्टले शुभारम्भ कार्यक्रममा बताए। अब कल सेन्टरमा श्रम सम्बन्ध, रोजगारी र सामाजिक सुरक्षा क्षेत्रसँग सम्वन्धित समस्या तथा गुनासो टिपाउने सकिनेछ ।

कल सेन्टरमा बैदेशिक रोजगारीका क्षेत्रमा ठगी, अलपत्र, स्वास्थ्यमा समस्या भएर नेपाल फर्कन चाहनेदेखि झुटा मुद्दाका कारण जेलमा परेकाहरुलाई निःशुल्क कानुनी सहायताका लागि आग्रह गर्न सकिनेछ ।

योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम सम्बन्ध, आन्तरिक रोजगारीबारे पनि गुनासो कल सेन्टरमा सुनाउन सकिनेछ । कल सेन्टरमा ११४१ वा १६६००१५०००५ मा फोन गर्न सकिनेछ ।

विदेशमा भएकाले भने इमेल, फेसबुक, म्यासेन्जर, इमो, भाइबर जस्ता अनलाइन नेटवर्कबाट सम्पर्क गर्न सकिनेछ । यस्तै शुल्क लागे +९७७१५९७००८ मा पनि फोन गर्न सकिने मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस शुभारम्भ कार्यक्रमको भिडियो

सोम, चैत्र १८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस