सर्जक तथा कला पत्रकार किस्ना आचार्य रोशनी लाई मौलिक सिर्जना सम्मान

चैत १८ काठमाडौ – “नाट्यश्वर हामी सबै कलाकारको सान , कला र कलाकारीताको जगेर्ना हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना गरिएको नाट्यश्वर म्युजिक अवार्ड कार्यक्रम सम्पन्न भएको छ ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति महामहिम डा. रामवरण यादवको प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न बिधाका कलाकर्मिहरुले अवार्ड पाएका छन भने आयोजक समितिले पत्रकार तथा सर्जक किस्ना आचार्य रोशनी लाई मौलिक सिर्जना संमान गरेको छ ।

नेपाली संगीत ,कला , साहित्य एवं संस्कृतिको बिकासमा आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ का अवसरमा मौलिक सिर्जनाको माध्यमबाट नेपाली लोक संस्कृति को क्षेत्रमा योगदान पुर्‍याएको भनेर कदर गर्दै आयोजक समितिले रोशनी लां सम्मान पत्र दिएको हो ।

बिगत करिब एक दशक देखि नेपाली मौलिक लोक संगीत क्षेत्र र कला पत्रकारितामा सक्रिय रोशनीले सिर्जना गरेका थुप्रै मौलिक सिर्जनाले नेपाली दर्शक श्रोता को मन जितिसकेका छ्न् ।
विशेषत सालैजो ,झ्याउरे,लोकदिहोरी,पन्चेबाजा लगायत का गीतहरू सिर्जना गरेकी रोशनीका सालैजो गीतहरू सोल्टिनी नानी,पुर्णेकी जुन जस्ती,यो मनको कुरा,सोल्टिनी नानी २ ,मायाले होलाकी,तेलको पैचो,गुनासो ,आसुको मुल्य लगायत अरु थुप्रै गीतले नेपाल लोकसांगीतिक बजारमा राम्रो चर्चा कमाउन सफल छ्न् ।
सानै उमेरदेखि नेपालि गीतसंगीत साहित्य र कलाकारिता मा रुचि राख्ने रोशनीको गजल सग्रह र उपन्यास ( च्तातिएको मन २०६६/ संघर्ष २०६८) समेत प्रकाशित छ्न भने २०६९ देखि निरन्तर उनी गीतसंगीत र कला पत्रकारिता मा सक्रिय छिन ।यसरी नेपालि मौलिकता बोकेका गीतसंगीत सिर्जना र प्रबर्द्धन मा उनले पुर्याएको योगदान को
उच्च कदर गर्दै हिजो बनेपामा सम्पन्न नाट्यस्वर म्युजिक अवार्ड मा पुर्व रास्ट्रपति डा. रामबरण यादवको हातबाट उनलाई सम्मान गरिएको आयोजक समितिको भनाइ छ ।

सोम, चैत्र १८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस