डोनाल्ड ट्रम्पले सि जिनपिङलाई चीनको राजा भनेपछि…

वाशिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले सन् २०१७ मा बेइजिङ भ्रमणमा गएको बेलामा चीनका राष्ट्रपति सी जिनपिङलाई ‘राजा’ भनेको र त्यो भनाइलाई चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले प्रशंसा नै गरेको बताएका छन् । मंगलबार नेशनल रिपब्लिकन कंग्रेस कमिटीको स्प्रिङ डिनरका क्रममा बोल्दै उनले उनले राजा भन्दा सीले शुरुमा अस्वीकार गरेको तर आफूले जोड दिएको बताएका छन् ।
‘‘उनले आफू राजा नभएको बताए । म राष्ट्रपति हुँ भने । मैले होइन तपाई जीवनभरका लागि राष्ट्रपति हो । त्यसैले तपाई राजा हो,’’ ट्रम्पले भनेका थिए । ट्रम्पले अगाडि थपे, ‘‘उनले हु.. भने । उनले त्यसो भनेको मन पराए ।’’ ट्रम्पले नोभेम्बर २०१७मा चीनको भ्रमण गरेका थिए ।
(सीएनएन)

 

बुध, चैत्र २०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस