पढेकाहरुले किताब पढे होला हामीले भोगाई पढ्यौ जीवन पढ्यौ- शान्ता चौधरी (भिडियो सहित)

कस्तो भयो एस ई ई परिक्षा

जीवनमा धेरैलाई तपाई के माग्नुहुन्छ भनेर सोध्नु भयो भने सबैले भन्छन नाम दाम, भनिन्छ नि जीवनमा नाम र दाम भयो भने अरु के चाहियो स्कुल वा क्यामपस पढ्दै गरेका कतिपय विद्यार्थीमा पनि जीवनमा अन्तत कमाउने भनेको नाम र दाम नै हो किन पढ्नु भनेर बिचैमा पढाई छाड्ने धेरै उदाहरण अनि हामीले देखेका छौ।

मानिसको जीवनमा जे कुरा छैन त्यसैको अभावले जीवनभर पोलिरहन्छ। त्यस्तै भयो सांसद शान्त चौधरीलाई नामकै कुरा गर्ने हो भने पनि उनलाई नचिन्ने सायदै होलान उनको जीवन नबुझ्ने सायदै होलान दुई पटक सांसद बनिसकेकी शान्ता चौधरीलाई वर्तमान जीवनमा न पैसाको अभाव छ न नामको तर उनलाई जीवनमा पढ्न नपाउनु एउटा ठुलो अभाव बनेर सधै खड्कीरह्यो। त्यहि अभाव पुरा गर्न भर्खर मात्र उनले एस ई ई परिक्षा दिएर सकेकी छन्।

केहि बर्ष अगाडी निरक्षर भएर संबिधानसभा छिरेकी शान्ता चौधरीले आफ्नै पुस्तक ‘कम्लरी सभासदसम्म’ सम्म पनि लेखेकी छन्। तर पनि उनी अहिले भर्खर एस ई ई परिक्षा दिएर सकिन भन्दा धेरैलाई अनौठो पनि लाग्ला तर यथार्थ यहि हो।

उनकै शब्द सापटी लिएर भन्दा पढेकाहरुले किताब पढेका होलान हामीले भोगाई पढेका छौ जीवन पढेका छौ हाम्रो पनि आफ्नै खालको महत्व छ। हो यो जीवन भोगाईको पनि आफ्नै महत्व छ हेरौ भर्खर एस ई ई परिक्षा दिएर बसेकी शान्ता चौधरीसंगको प्रेरणादायी कुराकानी

 

हेर्नुहोस शान्ता चौधरीसंग सुनौलो नेपालका गरीएको कुराकानी

बुध, चैत्र २०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस