प्रधानमन्त्री ज्यु, राष्ट्रिय ध्वजाबाहक डुब्न लाग्यो एक्सनमा उत्रिनुस

प्रधानमन्त्री ज्यु, चार मिनेट समय नपाउदा दुबई जाने जहाज रोकीयो, यो समाचार पढ्नु भयो कि छैन मलाई थाहा छैन तर कसैले झट्ट यो समाचारको अंश सुन्दा निकै खुल्दुली राख्छन जब यथार्थमा पुग्छन तब आक्रोसको भाव अभिव्यक्त गर्छन। जसलाई यो देशको माया छ जसलाई यो देशका राष्ट्रिय सम्पतिको माया छ उसलाई यो समाचारको सत्यता पचाउन गाह्रो हुन्छ।

चैत १९ गते मंगलबार राति ९.३० मा नियमित उडानको लागी दुबई उड्न लागेको नेपालको राष्ट्रिय ध्वजाबाहक जहाजमा २ सय ७६ यात्रु भरेर उड्न तयार भएको जहाजलाई नेपाल एयरलाइन्सका प्रबक्ता समेत रहेका सिनियर क्याप्टेन बिजय लामाले जम्मा  ४ मिनेट समय थप्न आग्रह गर्दागर्दै विमानस्थलको धावनमार्ग मर्मतको कारण देखाउदै उड्न दीईएन किन दीईएन यसको सत्यता छानबिन होस्।

भरिएको जहाजबाट यात्रु ओरालेर चारतारे होटलमा लगेर राख्नुपर्ने बाध्यता किन आयो कसको स्वार्थले काम गर्यो राष्ट्रिय ध्वजाबाहक माथी पटक पटक किन यस्तो षड्यन्त्र हुन्छ यसको गम्भीर छानबिन गरी उक्त घटनामा संलग्नलाई तुरुन्तै बर्खास्त गरियोस।

जहाज उडान रद्धले यात्रु होटलमा राखेर राज्यको सम्पति मात्रै गुमेन यसले जहाज प्रतिको बिश्वास र विश्वसनीयता पनि गुमायो चार मिनेट समय थप्न नसक्ने एयर ट्राफिक कन्ट्रोलरले चार मिनेटमा मर्मतको कति लाखको काम गरे र राज्यलाई कति लाख नोक्सान गराए यसको हिसावकिताब खोज्नुपर्छ ?

काम प्रति र राष्ट्रिय सम्पति माथी जिम्मेवार नहुने कर्मचारी हुँदासम्म देशमा परिवर्तनको आशा राख्नु व्यर्थ हुन्छ त्यसैले प्रधानमन्त्री ज्यु यसका गैरजिम्मेवार कर्मचारीको सत्यतथ्य छानबिन गरी तुरुन्त कारबाही नगरेसम्म देशलाई तपाईले सम्बृद्ध बनाउछु भन्नु र हामीले देश सम्बृद्ध बन्छ भन्नु मुर्खता बाहेक केहि हुनेछैन।

बिगत देखी नै हाम्रो राष्ट्रिय ध्वजाबाहक जहाजलाई डुबाउन बिभिन्न प्रयासहरु भईरहेका छन् त्यसलाई निस्तेज पार्ने प्रयासहरु अहिलेसम्म सार्थक हुन् सकेनन नागरिक उड्यन मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहनु भएको छ त्यसैले एक्सनमा उत्रिनुस प्रधानमन्त्री ज्यु, राष्ट्रिय ध्वजाबाहक त डुब्न लाग्यो

हेर्नुहोस यसै बिषयमा क्याप्टेन बिजय लामाले दिएको अन्तरवार्ता

बिहि, चैत्र २१, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस