चार मिनेट समय नपाउदा नेपाल एयरलाइन्सलाई एक करोड घाटा

चैत १९ गते मंगलबार राति ९.३० मा नियमित उडानको लागी दुबई उड्न लागेको नेपालको राष्ट्रिय ध्वजाबाहक जहाज अन्त्यमा चार मिनेट समय नपाउदा दुबईको उडान रद्ध हुन् पुग्यो।

२ सय ७६ यात्रु र १४ जना बिमान कर्मचारी सहित दुई सय नब्बे जना बोकेर उड्न तयार भएको जहाजलाई विमानस्थलको धावनमार्ग मर्मतको कारण देखाउदै उड्न रोकियो यसले कति क्षति पुग्यो होला त ?

यहि प्रश्न हामीले नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन तथा प्रबक्ता बिजय लामालाई गरेका थियौ उहाका अनुसार अन्तिम समयमा आएर गरेको उडान रद्धले एयरलाइन्सलाई १ करोड क्षति भएको छ।

जहाज चढेको यात्रुलाई दुई सय छ्यतर जना यात्रुलाई चारतारे होटेलमा लगेरराख्नुपर्यो तिनीहरुका लागी तयार भएको खाना फाल्नुपर्ने स्थिति आयो यो अवस्था नेपालमा मात्र होइन युएईमा नेपाल आउन ठिक्क परेका यात्रुलाई पनि होटलमै पुर्याउनु पर्यो उनले भने

चार मिनेट समय नदिने बिमानस्थलले चार मिनेटमा के काम गर्यो त उनका अनुसार त्यो राती केहि काम भएन काम गर्न भोलिपल्ट मात्र शिलान्यास भयो।

हेरौ यहिँ बिषयमा सुनौलो नेपालका लागी क्याप्टेन लामासंग गरीएको कुराकानी

 

 

बिहि, चैत्र २१, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस