भ्रष्टाचारी बिरुद्ध निर्मम प्रहार गर्दै सुनौलो नेपाल

सत्य सधै तितो हुन्छ सत्य पचाउन गाह्रो हुन्छ एउटा सत्य लुकाउन हजार असत्यहरु बोल्नुपर्छ अब सत्य लुकाउने युगको अन्त्य गर्नु जरुरी छ।

मानिसका आ- आफ्ना इच्छा आङ्काक्षा र स्वार्थहरू हुन्छन। मानीसले कुनै पेशा वा कर्म के का लागी अंगालेको छ भन्ने कुरा तिनै इच्छा आङ्काक्षा र स्वार्थहरूमा निहित हुन् सक्छ त्यसैले म हाम्रो इच्छा आङ्काक्षा र स्वार्थहरू आज यहाँहरु माझ राख्न चाहन्छु सुनौलो नेपालको अबको लक्ष्य के भन्ने कुरा स्पष्ट पार्न चाहन्छु।

म एउटा कुरामा बिश्वस्त अनि ढुक्क हुन् चाहन्छु अनि हाम्रा सचेत र बुद्दिमान पाठक बृन्दमा अनुरोध गर्न चाहन्छु कृपया अनावश्यक टिप्पणी गरेर समय खेर नफालौ। समयको महत्व बुझेर हामीले असल कर्म गरौ राज्यलाई गर्न सक्ने योगदान गरौ ताकी भोलि हाम्रो जीवनको इहलिला समाप्त हुदै गर्दा हामीले गरेको कार्यले हाम्रा सन्ततीले गर्व गर्न सकुन।

सांसारीक जीवन त्याग्दै गर्दा पनि आत्मामा शान्ति मिलोस व्याक्तिका स्वभावहरु पृथक हुन्छन मेरो वा अरु कसैको भावना मिल्छ भन्ने छैन किनकि मनावीय स्वभाव जन्मसिद्ध तय भएको हुन्छ। म सानैदेखि बेतिथी अन्याय अत्याचार विरुद्ध अत्यन्तै सुक्ष्म ढंगले अध्यन गर्ने र त्यसलाई गहन रुपमा लिने बानी छ।

आज राज्यको महत्वपूर्ण पद हासिल गरेका ब्याक्तिहरु जो हामीले हाम्रो प्रतिनिधि बनाएर पठाएका छौ। तपाईहरु जनता प्रति उत्तरदायी बन्नुहोस जनताका सेवक बन्नुहोस जसले तपाईलाई त्यो स्थानमा पुर्यायो उसलाई उपेक्षा नगर्नुहोस नत्र उठन नसक्ने गरी जनताले पछार्नेछन् र त्यसको प्रतिनिधित्व सुनौलो नेपालले गर्नेछ।

मानिसका मनमा लागेका कुरा कुण्ठित गर्यो भने त्यसले मानिसलाई विस्फोटकको स्थिति सम्म पुर्याउछ। त्यसैले बेतिथी अन्याय अबको समाजमा देख्न नपरोस जति देख्यौ जति भोग्यौ त्यहि काफी छ। मलाई लाग्थ्यो जनताका गुनासा राख्ने ठाउ जनप्रतिनिधि हुन् भन्ने तर म गलत भ्रममा रहेछु। अब यो भ्रमलाई चिर्न एउटा अभियानको शुरुवात हुनेछ।

हाम्रो देश किन पछि पर्यो यसको जवाफ खोज्ने प्रयास गर्दैछु यो कसैप्रति लक्षित वा पुर्वाग्राहित आलेख होइन र कसैलाई आफ्नो वा कसैलाई पराई ठान्ने लेखकको चाहना होइन र यो अनलाइन कुनै स्वार्थका लागी यो लेखकले चलाएको पनि होइन। यसले त केवल अन्याय अत्याचार बेतिथी र भ्रष्टाचार बिरुद्ध आफ्नो कलम मार्फत आवाज बिहिनाका आवाजहरु बुलन्द गर्नेछ। यसले त बिकसित शहर देखि दुर्गम गाउँका जनतासामु राज्यको महत्वपूर्ण पदमा बसेर लापरबाही शक्तिको दुरुपयोग र भ्रष्टाचार गर्ने जनप्रतिनिधिको पर्दाफास गर्नेछ।

यो कलम काल्पनिकता वा अनुमानका भरमा चल्ने छैन तर हामीले देखेका जनताले भोगेका पिडाको एउटा शक्तिशाली आवज बन्ने छ। प्रमाण सहित हामीले प्रस्तुत गरेका तथ्यहरुले गलत काम गर्नेहरु सामाजिक रुपमा बहिष्कृत हुने सम्मको स्थिति सिर्जना गर्नेछ एउटा दृढ आत्मविश्वासका साथ यो बाचा गर्दछु।

सबै मन्त्री वा मन्त्रालय खराब छैनन्। सबै कर्मचारीहरु खराब छैनन् सबै बैंक खराब छैनन सबै व्यवसायीहरु पनि खराब छैनन्। मैले देखेको भोगेको र अनुसन्धान गरेको आधारमा भन्ने हो भने ९६ प्रतिशत जनता खराब छन्।

हामी यस्तो समाचार बनाउने छौ जसले भ्रष्टचारीका अड्डा हल्लिने छन् हामी नेता मान्दैनौ किनकी हामीसंग सत्य प्रमाण हुनेछ। कसले कुन ठाउमा कति लगानी गरेको छ। कुन कर्मचारीको मिलेमतो को संग छ अनि हामीले क्रमिक रुपमा पाचातारे होटल भित्रका डिल अनि ठमेल र दरबार मार्गका डान्सबारमा कसको कति लगानी छ कुन बैंकले ठगी गयो हामीले सबै पर्दाफास गर्दै तिनीहरुको तपाई हरुसामु नागे झार पार्न्दै जानेछौ ।

पाठक बृन्द अब तपाईहरुले कल्पना गरेको भन्दा बृहत ढंगले हामी अगाडी बढ्दै छौ आज तपाईले सम्मानको दृष्टिले हेरेको ब्याक्ति भोलि समाजका अगाडी कलंक हुन् सक्छ। उनीहरुले गर्ने ब्यबहार र हर्कतको एक एक पर्दाफास गर्दै हामी हाम्रो मिसन पत्रकारीता खोज पत्रकारीतको बाटोमा दृढ भएर अगाडी बढ्ने छौ। निर्भिक र निडर बनेर भ्रष्टाचारका बिरुद्धमा आगो बाल्ने छौ। भ्रष्टाचारी नेता कर्मचारी बैक पुलिस प्रसासन सबैको निगरानी हुनेछ। आम नेपाली जनता माझ अब सुनौलो नेपाल तपाईहरुको दुख पिडा र बेतिथी हेर्ने एउटा साथी बन्नेछ। नेताको आशिर्वादले होइन यहाँहरुको मायाले हामी अगाडी बढ्ने छौ यहाँहरुको साथ हौसलाले अगाडी बढ्ने छौ।

हरेक कुरामा अति भएपछी खति हुन्छ त्यहिँ खति बानाउने अभियान हामीले चलाउने छौ भष्टचारीको समाजबाट पलायन हुने स्थितिको सिर्जना गर्दै नेपाललाई सुनौलो नेपाल बनाउने अभियानमा लाग्नेछौ। आजको समय बिचारको समय हो कलम मार्फत जनतालाई सुसचित र भ्रष्टलाई कलमकै माध्यमबाट नामेट पार्ने समय हो। त्यसैले आजको समय स्वतन्त्रताको हो जव्रजस्तिको हैन चाकडीबाजको हैन पर्दाफासको हो।

त्यसैले अब नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने हामी सन्ततिको सुन्दर भविष्यको लागी अब उठनै पर्छ त्यसैले हामी उठौ तपाईहरु के कस्ता सहयोग गर्न सक्नुहुन्छ हामी तपाईलाई के कस्तो सहयोग गर्न सक्छौ मिलेर अगाडी बढौ नेपालालाई साच्चै सुन्दर र सम्बृद्ध नेपाल बनाउ। नेपाल आमाको रक्षा गर्नु हाम्रो दायित्व हो त्यसैले सबै जागौ यहि कामना गर्दै यहाँहरुको जीवन सुखमय बनोस शान्तिपूर्ण रहोस यहिँ कामना।

शनि, चैत्र २३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस