अहिलेको सरकार कम्युनिष्ट होइन कम्युनिष्टको बदनाम गर्ने सरकार -मोहन वैद्य (भिडियो सहित)

सुनौलो नेपाल- नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले अहिलेको सरकार कम्युनिष्ट नभएर कम्युनिष्टको बदनाम गर्ने सरकार रहेको बताएका छन्।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलनमा बोल्दै उनले भने यो बिल्कुल कम्युनिष्ट सरकार होइन यो दलाल पुजीपति बर्ग र सामन्त बर्गको सत्ता साथै बिदेशी प्रभुको हितमा काम गर्ने सरकार हो ।

प्रचण्ड र ओलीलाई इंगीत उनले भने झापा विद्रोहका ओली र जनयुद्धका प्रचण्ड बिग्रेको आरोप समेत लगाए ।

‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौं,संघीय जनगणतन्त्र स्थापनाको लागि संघर्ष गरौं’ भन्ने मूल नाराका साथ सम्मेलन आइतबार काठमाडौँको भृकुटी मण्डपमा मनाइएको हो। समारोहको अध्यक्षता मोर्चाका अध्यक्ष सीपी गजुरेलले गरेका थिए।

हेर्नुहोस सो कार्यक्रममा मोहन बैद्यले गरेको सम्बोधन

आइत, चैत्र २४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस