सर्वोच्चको ठुलो फैसला ३ महिना भित्र एनसेलसँग अनिवार्य कर असुल गर्नु, नतिरे लाभांश बितरण गर्न रोक गर्नु

सर्वोच्च अदालतले एनसेल खरिद बिक्री प्रकरणको लाभकर ३ महिनाभित्र असुल गर्न निर्देशनात्मक फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच न्यायाधीशको बृहत् पूर्ण इजलाशले कर असुली गर्न गत माघ २३ मा गरेको परमादेशको पूर्ण पाठ आज सार्वजनिक गरेको हो ।

सर्वोच्च अदालतले एनसेल बिक्रीमा पूँजीगत लाभकर यसको पुरानो स्वामित्व भएको टेलियासोनेराबाट नभई उसबाट कम्पनी किनेको एक्जियटाबाट असुल्न परमादेश दिएको छ। लाभकरको दायित्व निर्वाह नगरेसम्म एनसेललाई लाभांश वितरण र शेयर बिक्रीको अनुमति नदिन पनि सर्वोच्चले आदेश दिएको छ ।

हेर्नुस पूर्ण पाठ

मङ्ल, चैत्र २६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस