ब्रिटिस आर्मी छोडेर नेपालमा समाजसेवा गर्दै रोजिना र हिराधन

ब्रिटिस आर्मीका रिटाएर हुन् हिराधन राई लामो समय ब्रिटिस आर्मीमा काम गरेका उनी बिभिन्न देशका र युद्धमा सामेल भएका अनुभव उनीसंग छन। बेलायतमै अध्यनको लागी पुगेकी रोजीना प्रधानसंग हिराधनको भेट भएको थियो। बिबाहपुर्व देखिनै समाज सेवामा सक्रिय दुवैजना बिस्तारै मन मिल्दै गयो अनि प्रेमको गाठोमा कसिदै गयो ।

समाजलाई केहि गर्नुपर्छ केहि दिनुपर्छ भन्ने भावनाले भरीएका दुबैका मनलाई समाजसेवाको बाटोमा हिड्न प्रेरित गर्नेहरु पनि धेरै छन्। त्यसमध्य आफ्नै बुवा देखि दाई प्रेरणाको स्रोत हुन्। काठमाडौँमा जन्मिएकी कोमल मनकी रोजिनालाई गृहजिल्ला खोटाङ जादा त्यहाँको पिडा देख्दा मन मानेन अनि उँहाकै अग्रसरता र पहलमा अहिले खोटाङ सात वटा एम्बुलेस सहयोग गर्नुभएको छ।

त्यसैगरी भर्खरै मात्र खोटाङको बास्पानी-५ दन्खुरी डाँडास्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्युतीय पुस्तकालय -ई-लाईब्रेरी) उद्घाटन गरेर फर्किदै गर्दा हामीले भेटेका थियौ। उहाहरुको सहयोगी मनले अरुलाई नि प्रेरणा होस् भन्ने हेतुले हामीले रोजिहिरा फाउन्डेसनकी अध्यक्ष रोजिना प्रधान राई र हिराधन राईसंग कुराकानी गरेका थियौ

हेर्नुहोस उहाँहरुसंगको कुराकानी

बुध, चैत्र २७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस