सर्वोच्चद्वारा वलीको वन्दी प्रत्यक्षीकरण रिट खारेज गर्न अस्वीकार

२७ चैत, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मध्यकमान्ड इञ्चार्ज एवं स्थायी समिति सदस्य नेता हेमन्तप्रकाश वलीको वन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ।

गत चैत ७ गते पक्राउ परेका वलीलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै छोरी विपना वलीले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट बुधबार न्यायाधीशहरु अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलासले खारेज गरिदिएको हो ।

वलीमाथि प्रहरीले संगठित अपराध, राज्यविरुद्धको अपराध, हातहतियार तथा तथा वम विस्फोट र ज्यानमार्ने उद्दोग गरी चारवटा आरोपमा थुनामा राखेर अनुसन्धान गरिरहेको छ। सर्वोच्चले रिट खारेज गरेपछि वलीलाई पुनः थुनामा लगिएको छ।

नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम आक्रमणको सञ्चार माध्यममार्फत जिम्मा लिएका वलीसहित ८ जनालाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको थियो ।

बुध, चैत्र २७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस