ओली सरकार माथी बिश्व प्रकाशको आक्रोश “पानीजहाज होइन गाउँ गाउँमा पानीको धारा चाहिएको छ’ (भिडियो सहित)

सुनौलो नेपाल : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले नेपाली कांग्रेसलाई कमजोर नसोच्न सरकारलाई चेतावनी दिएका छन्।

काभ्रेको भकुन्डे बेसीमा भएको पार्टी कार्यालय भवनको उद्घाटन गर्न पुगेका शर्माले भने चुनाव अगाडी यो देशमा कसैले गर्छ भने केपी ओलीले गर्छ भन्ने भ्रम जनतामा पारेर चुनाव जितेर जनतालाई पिडा दिएको आरोप लगाए।

चुनावमा ‘कांग्रेस ढलेको होला तर मरेको छैन यो देशको लागी नेपाली कांग्रेस जेठो हो जेठो रहिरहन्छ। प्रधानमन्त्री ओली तर्फ संकेत गर्दै उनले भने जनतालाई पानीजहाज  होइन गाउँ गाउँमा पानीको धारा चाहिएको छ पानी खुवाउनुस । रेलको कुरा गर्नुभन्दा छोरी चेलीलाई सुरक्षित हुने वातावरण बनाउनुस उनले भने

जंगल जंगल हिडेको माओबादिलाई शान्ति ल्याउने र दुई तिर फर्केका ओलीलाई र प्रचण्डलाई मिलाउने कांग्रेसको इतिहास नबिर्सन समेत चेतावनी दिए।

हेर्नुहोस भिडियो सहित

बुध, चैत्र २७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस