बिराटनगरमा पूर्वराजा ज्ञानेन्द्रको गाडीले ठक्कर दिएर मार्यो हेम चौधरीलाई

२८ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीको ठक्करबाट मोरङमा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते छन् ।

ज्ञानेन्द्रलाई मोरङ विमानस्थल छाडेर बिहीबार बिहान फर्किएको बा ३ च ७९६२ नम्बरको कारले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी महेन्द्र श्रेष्ठका अनुसार घटनामा मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 

बिहि, चैत्र २८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस