बिपक्षी दलका नेता शेरबहादुर देउवा भन्छन उखान टुक्काले देश बन्दैन (भिडियो)

२८ चैत काठमाडौं, प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार शान्ति सुरक्षाको मामीलामा पूर्णरुपमा असफल भएको आरोप लगाएका छन् ।

बुधबार काभ्रेको भकुन्डेबेशीमा पार्टी कार्यालयको भवन शिलन्यास कार्यक्रममा बोल्दै देउवाले भने ओलीको सरकार बनेको १ बर्षबाट बढी भयो देखाउने काम केहि भएँन उखान र टुक्काले देश बन्दैन ।

यो सरकार अधिनायकवादी बाटो र कानुनको खिल्ली उडाउनमै ब्यस्त छ यो सरकारले निर्मलाका हत्यारालाई जोगायो यस्तै हो भने सरकारको बिरुद्धमा नेपाली काँग्रेस सडक र सदनमा संघर्ष गर्न बाध्य हुनेछ ।

साथै नेपाली काँग्रेसलाई एक बनाएर लैजान आफु तयार भएको बताए ” म पार्टी एक बनाएर लैजान तयार छु पार्टी एक बनाउने दायित्व मेरो हो तर सबैले सहयोग गर्नु पर्यो” देउवाले भने ।

 

 

 

 

बिहि, चैत्र २८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस