सरकारका प्रबक्ताले भने बालुवाटारको जग्गामा बिष्णु पौडेल ठगिमा पर्नुभो, क्षतिपूर्ति दिनुपर्छ

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बालुवाटारको सरकारी जग्गा खरिद प्रकरणमा विष्णु पौडेल ठगिएको दाबी गरेका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले बालुवाटारको सरकारी जग्गा खरिद् प्रकरणमा मुछिएका पार्टी महासचिव विष्णु पौडेल पीडक नभई पीडित भएको जिकिर गरेका हुन् ।

बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सुनाउने क्रममा: पत्रकारलाई जवाफ दिँदै सञ्चारमन्त्री बाँस्कोटाले महासचिव पौडेल जग्गा किन्दा ठगिएको भनेर बचाउ गरे।

उहाँ (विष्णु पौडेल) फर्जीमा संलग्न भएको होइन नि। उहाँ अपराधी होइन, जग्गा रहेछ नक्कली ठगीमा पर्नुभयो,’ उनले भने, ‘जसले जग्गा किन्यो त्यो संलग्न हुँदैन। उहाँलाई झुक्याइएछ नि!’

सरकारले उक्त जग्गा रोक्का गरिसकेको बाँस्कोटाले बताए।व्यक्तिलाई डाम्छु भनेर लाग्नुहुन्छ भने केही छैन। सरकारले जग्गा रोकेर एक्सन गरिसक्यो,’ उनले भने, ‘उहाँ (विष्णु पौडेल)आफू पीडित भइसक्नुभयो जग्गा परेछ नक्कली। यहाँ भन्दा अरु केही हुन्न।’

 

 

बिहि, चैत्र २८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस