सिंगापुर बिरुद्ध नेपालको ठुलो जित, मलेसियामा नेपाली बलरको जादु !

सिंगापुरलाई पराजित गर्दै आईसीसी यू–१९ विश्वकपमा छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।मलेसियाको सिंलनगोर टर्फ क्लबमा शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात ग¥यो।

नेपालले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको सिंगापुरको टोली ३१ ओभरमा सबै विकेट गुमाएर ६५ रनमा समेटियो।मलेसियाका इशान स्वानेले सर्बाधिक २८ तथा साइ भोनुगोपालले १८ बाहेक अन्यले सम्झन लायक प्रदर्शन गर्न सकेनन्।त्यसअघि कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट प्रदर्शन गरेपछि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सबै विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो।नेपालका लागि कप्तान रोहित ९५ रन बनाए। १ सय ५ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे। ४६औं ओभरको पहिलो बलमा रोहित क्याच आउट भएका थिए।

यस्तै रासिद खानले ४८ रन जोडे। ४७ बलमा उनले ४ चौका र २ छक्का प्रहार गरेका थिए। नेपाल लागि ओपनर पवन सर्राफले ४७ रन बनाए। सरार्फले ५३ बलमा ४ चौका र २ छक्का प्रहार गरे।त्यसबाहेक कमलसिंह ऐरीले ३१, भीम सार्कीले २६ र कुशल मल्लले १० रन जोडे। रित गौतम १, आसिफ शेख ८ रनमा आउट भए भने सन्दीप जोराले खाता नै खोल्न सकेनन्।

२०२० मा दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपका लागि जारी एसिया छनोटबाट शीर्ष एक टोली छनोट हुनेछ। छनोटमा नेपालसहित आयोजक मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान खेलिरहेका छन्।

 

शुक्र, चैत्र २९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस