नया बर्षको अबसरमा नेपाल टेलिकमको ठुलो अफर ३ जीबी डाटा र २सय मिनेट भ्वाईस कल !

२९ चैत, काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । टेलिकमले ग्राहकहरुको सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७६’ सार्वजनिक गरेको हो ।यो अफरमा टेलिकमका ग्राहकलाई २ सय रुपैयाँमा प्याक उपलब्ध गराइनेछ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ ।

उक्त प्याकको अवधि खरिद गरेपश्चात् ५ दिनसम्म रहने छ । सो प्याक चैत ३० देखि २०७६ बैशाख २ (३ दिन) सम्म खरिद गर्न सकिने छ ।प्याक प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

 

 

शुक्र, चैत्र २९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस