बालुवाटारको जग्गामा नेकपा नेता बिष्णु पौडेलको नाम मुछिएपछि सामाजिक संजालमा व्यंग्य

चैत २९ काठमाडौं नेपाल सरकारको स्वामित्वमा रहेको बहुमुल्य जग्गा राजनीतिक नेतृत्व, कर्मचारी, व्यवसायी र ‘भूमाफिया’को मिलेमतोमा अपचलन गर्ने क्रम बढिरहेको छ । त्यसैक्रममा प्रधानमन्त्री निवास समेत रहेको बालुवाटार क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी हुनुले सरकारी जग्गा अपचलन गर्ने गिरोहको शक्ति र पहुँचको डरलाग्दो संकेत देखापरेको छ ।

त्यस्तैमा बालुवाटारको जग्गा अपचलन सम्बन्धमा सत्तारुढदलका महासचिव बिष्णु पौडेलको नाम मुछिएपछि सरकारका प्रबक्ता एबम संचारमन्त्रीले सो सम्बन्धमा स्पष्टीकरणनै दिनु परेको छ भने स्वयं बिष्णु पौडेलले बिज्ञप्तिनै सार्बजानिक गर्दै आफ्नो कुनै संलग्ता नरेको भन्दै खण्डन गरेका छन ।

अहिले यहि बिषय सामाजिक संजालमा हट केक बनेको छ । प्रयोगकर्ताले अनेक टिका टिप्पणी गरेका छन् ट्वीटरमा आफ्नो नाम जय प्रकाश राखेका प्रयोगकर्ताले

डोनेट फर पौडेल हयाजट्याग गर्दै लेखेका छन् #DonateforPaudel
नेकपा महासचिव बिष्णु पौडेलले जीवनभर दुःखले कमाउनुभएको चार लाख रुपैयाले बालुवाटारको करोडौं पर्ने जग्गा किन्नुभएकोमा मिडियावाजीले उक्त जग्गा छोड्नुपर्ने देखिएकोले उहाँको जीविकोपार्जन र बसोबासको व्यवस्थाको लागि सबैले एक एक रुपैया चन्दा दिनुहुन सबैमा अनुरोध छ ।

ट्वीटरमै बशिस्ठ(अति बिशिस्ट दर्जा)ले सोहि बिषयलाई कोट्याउँदै ”बालुवाटारको जग्गा 50 हजार आनामा किन्न पाउँदा खरिद गर्ने हरुको भिड। भन्दै रमाईलो भिडियो शेयर गरेका छन् चान्स चै अरिङ्गालकै होला जस्तो छ।


त्यस्तै अर्का प्रयोगकर्ता शुशीलले लेखेका छन् योगेश जि हरुलाइ जबर्जस्ति घरभाडा थमाइदिने!
बिस्नु पौडेललाई बालुवाटारको जग्गा जबर्जस्ति हिनामिना गर्न लगाउने!माधब नेपाललाई होलि वाइन घिच्न लाउने,!लालबाबुको साइकलमा जबर्जस्ती तेल हलाइदिने ….हैन कुन शक्तिले नेकपा चलाउदै छ?बिचरा सोझा साझा कम्रेडहरुलाइ कस्ले फसाउदै छ ?

शुक्र, चैत्र २९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस